२०८१, १३ बैशाख बिहीबार

नुवाकोटमा कोरोनाभाइरसका कारण एक महिलाको मृत्यु

डबली खबर     कार्तिक ९ २०७८ १४:३५

nuwakot coronavirus covid19 update
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – कोरोनाभाइरसका कारण विदुर नगरपालिका-९ प्लाष्टरकि ५१ वर्षीया महिलाको मृत्यु भएको छ । सोमबार राती त्रिशुली अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको बताइएको छ ।

कारोनाको आशंकामा स्वाब संकलन गरेर त्रिशुली अस्पतालको प्रयोगशालमा पीसीआर टेस्ट गराउँदा कोरोना पोजेटिभको रिपोर्ट आएको नुवाकोट प्रहरीले जनाएको छ ।

मृतक अस्पतालको आईसियुमा उपचारत थिए । ​योसँगै नुवाकोटमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटको तथ्याकंअनुसार नुवाकोटमा कोरोना संक्रमितको संख्या ८ हजार २९५ पुगेको छ । आजमात्रै पुरुष ११ जना र महिला ५ जना गरी कुल १६ जना संक्रमित फेला परेका छन् । अहिले जिल्लामा सक्रिय सङ्क्रमितको संख्या ८५ रहेको छ ।

पछिल्लो २४ घण्टामा नुवाकोटमा कोरोनाभाइरसबाट १ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top