२०८१, १४ बैशाख शुक्रबार

नेकपा एमाले विदुर ५ को अध्यक्षमा राजाराम गजुरेल सर्वसम्मत

डबली खबर     कार्तिक ६ २०७८ २०:३१

rajraram gajurel cpn uml bidur ward 5 chairperson
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – नेपाल कम्युनिस्ट पार्टी (एमाले) वडा नं. ५ विदुर नगर संगठन कमिटीको प्रथम अधिबेशनबाट राजाराम गजुरेल अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् । आज सम्पन्न वडा अधिवेशनले गजुरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष एवं नेकपा (एमाले) नुवाकोटका नेता शिवकुमार चित्रकारको प्रमुख आतिथ्यमा भएको अधिवेशनबाट गजुरेलको अध्यक्षतामा २४ सदस्यीय वडा कमिटी बनेको छ । कमिटीको पहिलो बैठकले सात सदस्यीय चयन गर्ने नवनिर्वाचित अध्यक्ष गजुरेलले जानकारी दिए ।

अधिवेशनबाट कमिटीको उपाध्यक्षमा यशोदा कँडेल, सचिवमा देवेन्द्रबहादुर अर्याल, उपसचिवमा राजेन्द्र अर्याल र समुन्द्र चित्रकार चयन भएका छन्।

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन भएको छ । वडा अधिवेशनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए । केहि वडाहरुमा अधिवेशन हुन नसकेको नेकपा एमालेले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top