२०८१, १४ बैशाख शुक्रबार

विभिन्न पार्टी परित्याग गरी एक सयभन्दा बढी नेकपामा प्रवेश

डबली खबर     कार्तिक ३ २०७८ १३:१९

party abandonment cpn
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर- नुवाकोटमा विभिन्न पार्टी परित्याग गरी एक सयभन्दा बढी नेता, कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

विदुर नगरपालिका वडा ८ नम्बर कमिटीले बुधबार केउरेनिमा राखेको पार्टी प्रवेश कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन् ।

यसरी पार्टीमा प्रवेश गर्नेमा नेपाली काँग्रेस, नेकपा (माओवादी), राप्रपाका नेता तथा कार्यकर्ता छन् ।

नव प्रवेशी कार्यकर्तालाई बागमती प्रदेश सरकारका भाैतिक पुर्वाधार विकास मन्त्री तथा नेकपा एमालेका नेता केशवराज पाण्डेले टिकाई लगाइ सदस्यता प्रदान गरे ।

कार्यक्रममा नेपाली काङ्ग्रेस क्रियाशील सदस्यहरु बलराम बाेगटी, हरिशरण विश्वकर्मा, रामशरण अधिकारी, शिव दुलाल, बैकुण्ठ न्यौपाने लगायतले नेकपा एमालेमा प्रवेश गरेको विदुर नगर कमिटीका सचिव अनुजकुमार श्रेष्ठले जानकारी दिए ।

नेपाल निर्माण सामाग्री व्यवसायी संघ काठमाडौंका पूर्व अध्यक्ष तथा चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य श्रीकृष्ण रिजालको नेतृत्वमा एमालेमा प्रवेश गराएका हुन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top