२०७८, ११ कार्तिक बिहीबार

सहकारी कथा: आदेश !

सीमा पुरी     आश्विन २२ २०७८ १२:५६

chairman and manager telephone conversation story
saarathi sahakari
tribhuwan trishuli secondary school admission open
bidur tax

सहकारीका अध्यक्ष र व्यवस्थापकलाई फोनमा आदेश दिदै भन्छन्

अध्यक्ष: राजन जी! आज मेरो सालो कृष्ण आउँछ अफिसमा! उसको नाममा ५ लाख तमसुक गरि पठाईदिनुहोला । धेरै अलमल नगरीदिनुहोला ।

ब्यबस्थापक: तमसुक मात्र गर्ने सर अहिले ?

अध्यक्ष : पैसा पनि दिई पठाउनु होला !

ब्यबस्थापक : सर पैसा त कसरी दिनु मिल्छ र फाईल आउनु पर्यो ! ऋण उपसमितिले पास गरेर दिनु पर्यो ! फाईलमा सबै कागजात पुग्नु पर्यो ! प्रकृया नपुगी कसरी दिनु मैले ? ? ?

अध्यक्ष : कति लामो कुरा गरेको तपाईले ? अध्यक्षले भनेपछी खुरुक्क गर्नु न , किन बिना कारण टाउको दुखाउनुहुन्छ !

ब्यबस्थापक : अध्यक्षज्यु यो आदेश हो ?

अध्यक्ष : राजन जी तपाईं जे सम्झनुस ! काम चाहिँ गरेर पठाउनुहोला आउदै छ अफिस मेरो सालो !

ब्यबस्थापक : अध्यक्ष ज्यु कहिले सचिबले फोन गरेर यो मेरो मान्छेको काम गर्नु भन्नू हुन्छ कहिले कोषाध्यक्षले कहिले संचालक जो कोहिले मेरो मान्छेको काम गर भनेर आदेश दिनुहुन्छ ! तपाईहरुको आफन्तको काम गर्दिन भनेको होइन नियमानुसार गर्छु भन्दा आदेश दिनुहुन्छ । आदेश मानेर काम गरे अहिले असुलीमा त्यहीँ समस्या भएको छ । सर फोन गर्दा तपाईका नातेदारहरुले जागीर खान मन छ कि छैन भनेको धेरै पटक सुने ! अध्यक्ष ज्यू!, मैले यो सहकारीलाई नियमानुसार चलाउन धेरै मेहनत गरे ! नीति कार्यविधी बनाए ! यो साधारण सदस्य जो संचालन समिति, अन्य उपसमितिको नातेदार भन्दा बाहिरको सदस्यलाई मात्र लागू हुने भयो !

अध्यक्ष : तपाईले यति धेरै कुरा किन सुनाउनु हुँदै छ ? समयमा तलब पाउनु भएको छ नै ! तपाईलाई केही रोकटोक छैन आफू खुसी काम गर्नु भएको छ के चाहियो यो भन्दा धेरै ??

ब्यबस्थापक : सर मैले आफ्नो अमुल्य समय दिएको छु यो सहकारीमा त्यस बापत तलब लिए । उपलब्धि केही हुन सकेन दुख लागेको छ । मैले गर्न सक्ने काम गर्न पाएन हरेक समय तपाईहरुले आदेस दिनु भयो । सधै मेरो सहकारी हो भनेर नातागोता हरुको सामु छाती फुलाउदै हिड्ने हजुरको टिमले कहिल्यै बुझ्ने कोसिस गर्नु भएन सहकारी भनेको के हो ? सदस्यको मर्म केहो ? नीति के हो ? नियम के हो ?? कार्यबिधी के हो ? संस्थाको हित कसरी हुन्छ ?

अध्यक्ष : राजन जी तपाईले सीकाउन पर्दैन मलाई सहकारी कसरी चलाउन सकिन्छ ! मैले बुझेको छु तपाईलाई मेरा मान्छेको काम गर्न किन मन लाग्दैन ?

ब्यबस्थापक : सर मलाई केही भन्नू छैन हजुरको टेबलमा मेरो राजीनामा भोली बिहान १० बजे पुग्ने छ । आफू अनकुल चल्न सक्ने म्यानेजर खोज्नुहोला र म जानू भन्दा पहिले आफुले पाएको सबै जिम्मेवारी हस्तान्तरण गरेर सिकाउनु पर्ने केही कामहरु सिकाएर जाने छु ।

अध्यक्ष : तलब दिएपछी तपाईं जस्तो म्यनेजर अरु नी पाउछ तपाईको जो मर्जी ! !

यो कथाले केही आन्तरिक कुराहरुको उठान गर्न खोजेको छ । यस कथाले कोहि ब्यक्ति या संस्थालाई प्रत्यक्ष रुपमा जोड्न खोजेको होइन यस्ता समस्या अझै पनि छन यी कुरा सबैले बुझेका छौ। सहकारी मेरो हैन हाम्रो हो, सहकारी नाता र कृपाबाट हैन समुदायको विश्वास र सदस्यको साथले सञ्चालन हुन जरुरी छ । यहीँ कुरा बुझौ र अरुलाई पनि बुझाउ ।

जय सहकारी ! !

सज्जन महिला साकोसका अध्यक्षको फेसबुक वालबाट



Sani Chitrakar min


Bachchhaladevi Suppliers
Trishuli Web Design Services in Nuwakot
Nuwakot FM 106.8 MHz
Radio Langtang
Radio Sanjiwani

प्रतिक्रिया


Top