+
Search

ताजा अपडेट +

पपुलर +

कनेक्ट आईपीएसको फन्ड ट्रान्सफर अब निःशुल्क

connect ips free fund transfer
डबली खबर
४ साल अगाडी

काठमाडौं – दशैं, तिहार तथा छठ लगायतको चाडपर्वको समयमा कागजी नोटको प्रयोगलाई कम गर्न कनेक्ट आईपीएसले फन्ड ट्रान्सफर सेवा निःशुल्क गरेको छ ।

कनेक्ट आईपीएसले मोबाइलबाट गरिने फन्ड ट्रान्सफरलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ कनेक्ट आईपीएसको मोबाइल एप, बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्गमा रहेको कनेक्ट आईपीएस फन्ड ट्रान्सफर तथा कनेक्ट आईपीएस मार्फत मोबाइल वालेटमा गरिने फन्ड लोडलाई असोज २० गते देखि कार्तिक २५ गते सम्म पूर्ण रुपमा निःशुल्क गरिएको जनाएको छ ।

कनेक्ट आईपीएसको बढ्दो प्रयोग तथा मोबाइलबाट गरिने बैंक खातामा आधारित फन्ड ट्रान्स्फरलाई थप प्रवर्द्धन गर्न उक्त अवधिमा कारोबार शुल्क पूर्ण रुपमा मिनाह गरिएको कम्पनीले जनाएको छ । यस प्रावधानले कागजी नोटको प्रयोग घट्नुका साथै फन्ड ट्रान्सफरमा मोबाइल प्लेटफर्मको प्रयोग थप वृद्धि हुने विश्वास कम्पनीको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ