sujim bazar advert

सार्वजनिक यातायात सुचारु

नगर यातायात मारमा

डबली खबर     अशोज १९, २०७८

Sizen Education Consultancy Pvt. Ltd.

city public transportation nuwakot
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

नुवाकोट – सोमबारदेखि पूर्ण बन्द रहेको सार्वजनिक यातायात सुचारू आज अपराह्नदेखि भएका छन् ।

मंगलबार रसुवा र नुवाकोट जिल्लाका सञ्चालित सम्पूर्ण सार्वजनिक यातायात व्यवसायीहरुबाट नेपाल सरकारद्वारा जारी भाडादर वृद्धि समबन्धि भएको निर्णय कार्यन्वयन गराउने सन्दर्भमा आज नुवाकोट जिल्ला समन्वय समिति नुवाकोटमा बसेको सर्वपक्षिय छलफलपछि बन्द रहेको यातायात सुचारु गर्न यातायात व्यवसायी सहमत भएको हो ।

यातायात व्यवसायीहरुको संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ “यातायात व्य्वासयीहरुलाई पर्न गएको पिडालाई दृष्टिगत गर्दै तीन दिनभित्र सम्बन्धित प्रदेश सरकारबाट निर्णय गराउन पहल गर्ने निर्णय भए बमोजिम र यातायात सेवा बन्द हुदाँ सम्पूर्ण यात्रु तथा समग्र व्यापार व्यवसायमा पर्न गएको असुविधा तथा असरलाई मध्यनजर गर्दै आजैकै मितिबाट यातायात व्यवसायीहरुको सम्पूर्ण आन्दोलन फिर्ता गरेको घोषणा गर्दछौं ।”

न्यायोचित भाडादर कायम गर्नुपर्ने माग गर्दै पासाङल्हामु, केरुङ, टिमुरे, छांगेश्वर, नेपाल माइक्रोबस व्यवसायीहरु आइतबारदेखि नै आन्दोलित थिए । साना ठूला गरी नुवाकोट र रसुवामा ५ सयभन्दा बढी सार्वजनिक सवारीसाधन सञ्चालित छन् ।

नगर यातायात मारमा

नुवाकोटमा सार्वजनिक यातायात ठप्प हुदाँ विदुर नगरपालिका क्षेत्रभित्र चल्ने नगर यातायातका सार्वजनिक यातायात भने मार परेका थिए ।

नगरमा चल्ने सार्वजनिक यातायातको भाडादर पहिलेनै बढाई सकेकाले आफुले साधन चलाउन खोज्दा अरु व्यवसायीहरुले हावा निकालिने दिने धम्की समेत दिएकाले यातायात बन्द गर्नु परेको नगर यातायातका एक चालक तथा व्यवसायीले डबली खबरलाई बताए । अन्य यातायात व्यवसायीहरुलाई समर्थन गर्न गरिएको विरोधले नगर यातायात मार परेका थिए ।

सरकारले नयाँ भाडादर अनुसार प्रति किलोमिटर २.४९ रुपैंयाँ तोकिएकोमा व्यवसायी र प्रशासनको समझदारीमा सो भाडादर यसअघि नै लिइ सकेका थिए । न्यूनतम भाडादर १५ रुपैयाँ रहेकोमा नयाँ भाडादर १७.४९ रुपैयाँलाई संयोजन गरी २० रुपैयाँ लिंदै आईरहेका थिए ।

दुई यातायात ठप्प हुँदा आम सर्वसाधारण भने हिँडेरै यात्रा गर्न बाध्य भएका थिए ।

अहिले नगरमा करिब २७ वटा माईक्रोबसहरु सञ्चालनमा रहेको छ ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top