२०८१, १३ बैशाख बिहीबार

“तिमी मुस्कुराउँदा” गीतको भिडिओ सार्वजनिक

डबली खबर     आश्विन २० २०७८ १८:०७

Thumble timi muskurauda
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

अहिलेकी चर्चित मोडल तथा कलाकार गरिमा शर्माको सुन्दरता झल्कने अर्को म्युजिक भिडिओ सार्वजनिक भएको छ ।

संगम थपलियाको स्वरमा रहेको गीत तिमी मुस्कुराउँदाको म्युजिक भिडिओमा गरिमाको सुन्दरता अझ झल्किएको छ । भिडिओमा सुरज थपलिया र गरिमाबीच माया प्रेमको रोमान्स देखाइएको छ । कामका सिलसिलामा कुलेखानीमा पुगेका सुरजले गरिमालाई देखेपछि मन पराएको र त्यसपछिका माया प्रेमका घटनाक्रम भिडिओमा हेर्न सकिन्छ ।

कुलेखानीका विभिन्न स्थानमा छाँयांकन गरिएको भिडिओको निर्देशन रमेश थापाले गरेका छन् । गरिमा र सुरजका साथमा गायक संगमलाई पनि भिडिओमा फिचरिङ गरिएको छ । संगम थपलियाको यो पहिलो रेकर्डेड गीत हो ।

तिमी मुस्कुराउँदा बोलको गीतमा शब्द र संगीत किशोर विश्वकर्माको छ । गीतमा संगीत संयोजन सञ्जीब बराईलीको छ । अकस्टिक रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको मिक्सिङ प्रकाश मिश्रले गरेका हुन् ।

उत्सव दाहालले खिचेको भिडिओको सम्पादन नहकुल खड्काले गरेका छन् । सिता राईले कोरियोग्राफी गरेको यो म्युजिक भिडिओमा मनोरञ्जन श्रेष्ठको कलर संयोजन छ । चन्द्र बिनायक फिल्म्स प्रोडक्सनमा भिडिओको पोष्ट प्रोडक्सनको काम गरिएका हो ।

शिवराम थपलिया गीतको निर्माता हुन् । गीत ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलमा रिलिज गरिएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top