२०८१, १२ बैशाख बुधबार

र्‍याडिसन होटलको सञ्चालकमा प्रकाश तिवारी

डबली खबर     आश्विन १३ २०७८ १५:५९

prakash tiwari Radisson Hotel
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – ओरियण्टल होटल (र्‍याडिसन) लिमिटेडको सञ्चालकमा प्रकाश तिवारीसहित ६ जना सञ्चालकहरु निर्विरोध निर्वाचित भएका छन् । होटलको २४ औं साधारणसभा अन्तर्गत ६ जना सञ्चालकहरुको निर्वाचन हुनु पर्नेमा आज भएको मनोनयन दर्तामा ६ जनाको मात्रै उम्मेदवारी परेपछि सबै निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचन समितिका अनुसार आज बिहान ११ बजेदेखि १२ बजेसम्म भएको उम्मेदवारी दर्तामा संस्थापक सेयरधनीबाट अनिलदाश श्रेष्ठ, शुभद्रा श्रेष्ठ, मिसु श्रेष्ठ, विधाता श्रेष्ठ तथा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रकाश तिवारी र सुनिललाल श्रेष्ठले मात्र उम्मेदवारी दर्ता गराएका थिए ।

कुल ६ जना सञ्चालकको निर्वाचन हुनेमा ६ जनाको मात्रै उम्मेदवारी परेपछि सबैजना निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

आज उम्मेदवारी दर्ता गराएका तिवारी लगायत ६ जनानै यस अघि पनि ओरियण्टल होटलका सञ्चालक थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top