+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बुद्धभुमि हाइड्रोपावरको आइपिओ खुल्यो

बुद्धभुमि हाइड्रोपावरको आइपिओ खुल्यो
डबली खबर
४ साल अगाडी

नुवाकोट – बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको सोमबारदेखि प्राथमिक सेयर (आइपिओ) बिक्री खुल्ला भएको छ।

अंकित मूल्य १ सयका दरले कुल ८ लाख कित्ता सेयर निष्कासन गरेको हो। जसमध्ये ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि र १६ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ।

बाँकी ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड हुनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धकका रुपमा सिभिल क्यापिटल मार्केट रहेको छ।

कम्पनीको आइपिओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ। अनलाइन प्रणाली मेरो सेयर र आफ्नो बैंक खाता रहेको शाखाबाट पनि आवेदन दिन सकिन्छ।

कम्पनीले नुवाकोटमा तल्लो ताँदी खोलाको पानीबाट ४.९९ मेगावाट क्षमतामा बिजुली उत्पादन गर्ने उद्देश्य लिएको छ।

आयोजनाको लागत प्रतिमेगावाट २३. ८ करोड रुपैयाँ रहेको छ। समग्रमा आयोजनाको काम ९० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ