२०७८, ११ कार्तिक बिहीबार

बिपिन बने ग्यापु ‘टिकटक हिरोज’

डबली खबर     आश्विन ११ २०७८ १५:०३

bipin gyapu tiktok hero's winner
saarathi sahakari
tribhuwan trishuli secondary school admission open
bidur tax

विदुर – नेपाली ई-कमर्स कम्पनी ग्यापु ‘टिकटक हिरोज’मा नुवाकोटका बिपिन श्रेष्ठ विजयी भएका छन् ।

टिकटक हिरोजमा उत्कृष्ट २४ सहभागीलाई पछि पार्दै उनले नगद एकलाख रुपैंयाँसहित ट्रफी हात पारेका हुन् । उनले प्रतियोगिताको लागि बनाएको लाखेको भिडिओको उनको प्रोफाइलमा हेर्दा अहिलेसम्म दुईलाखभन्दा बढीको भ्युज, तीनलाख १३ हजार लभ रियाक्ट र एकहजार २३२ ले कमेन्ट गरेका छन् । ग्यापूकै अफिसियल टिकटकमा भने ४५ हजारभन्दाले हेरिएको छ ।

विजयी भएपश्चात् उनले टिकटकमार्फतनै आफ्ना फलोरहरुलाई धन्यवाद दिएका थिए । उनले दुईवर्ष अघिदेखि टिकटकमा विभिन्न किसिमका एनिमेसनसहितको राष्ट्रियता, मनोरञ्जनात्मक भिडिओहरु राख्दै आएका थिए । अहिले उनको दुईलाख ७८ हजारभन्दा बढी फलोअर छन् । उनले बनाएको लाखेको टिकटक भिडिओमा एउटामा ६ लाख र अर्कोमा २ लाखभन्दा बढीके हेरेका छन् ।

प्रतियोगितामा सबै जनालाई आ-आफ्नै तरिकाको भिडिओ बनाउने छुट दिइएको ग्यापुका अपरेसन हेड सुरजनी केसीले बताइन्। विजयी भएका भिडियोहरु सोमबार साँझमात्र सार्वजनिक गर्ने जनाएको छ ।

प्रतियोगितामा दोस्रो शंकर खनाल र तेस्रो बिष्णु पाण्डे हुने सहभागीले क्रमशः ५१ हजार र २६ हजार रूपैयाँ प्राप्त गरेका छन् । दुवैले ट्रफी पनि प्राप्त गरेका छन् ।

छानिएका उत्कृष्ट २५ सहभागीले पोखराको कल्चर रिसोर्टमा पुगेर ग्रुमिङ क्लास सहितको क्लोज क्याम्प गरेका थिए । उत्कृष्ट २५ मा पुगेका सहभागीहरूले फेरि नयाँ भिडिओ बनाएका थिए । सोहिअनुसार ग्यापुको आधिकारिक टिकटक अकाउन्टमा पोस्ट भएकामध्ये जसको भिडिओमा सबभन्दा धेरै लाइक र भ्यू हुनेले पुरस्कार प्राप्त गरी विजयी भएका हुन् ।

कार्यक्रमको ट्राभल पार्टनर एक्सलट्रिप, एड्भेन्चर पार्टनर हाइ ग्राउण्ड एडभेन्चर्स र हस्पिटालिटी पार्टनर कल्चर रिसोर्ट रहेको थियो।

प्रतियोगितामा करिब ५ हजार ६०० जना सहभागीहरु छनौट भएका थिए ।

@gyapu_marketplace

Best wishes@bipin_stha21 @xceltripnepalota @thecultureresortpokhara @bungeepokhara ##gyapu_tiktokheroes ##gyaputiktokheroes ##gyapumarketplace

♬ original sound – Gyapu Marketplace
@bipin_stha21 Thankyou so much for your love and support ❤️❤️i love you all .. and thank you @gyapu_marketplace ♬ original sound – Bipin Shrestha ⚡️


Sani Chitrakar min


Bachchhaladevi Suppliers
Trishuli Web Design Services in Nuwakot
Nuwakot FM 106.8 MHz
Radio Langtang
Radio Sanjiwani

प्रतिक्रिया


Top