२०८१, १४ बैशाख शुक्रबार

नुवाकोटका १२वटै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न

सुनिल श्रेष्ठ     आश्विन ११ २०७८ १२:५३


nepali congress nuwakot election results dabali khabar

नुवाकोट – सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नुवाकोटका १२ वटै स्थानीय तहको नगर/गाउँ कमिटीको अधिवेशन सम्पन्न भएको छ । शनिबार र आइतबार सम्पन्न अधिवेशनमा चारवटा गाउँपालिकामा निर्विरोध निर्वाचित भएका छन् भने दुई नगरपालिका र चार गाउँपालिकामा निर्वाचन भएको थियो ।

विदुर नगरपालिका नगर कमिटीको सभापतिमा हरिलाल श्रेष्ठ विजयी भए । निकतम प्रतिद्वन्द्वी बद्रि रिमाललाई गोल्डेन एक मतको मतान्तरले पराजित गर्दै श्रेष्ठले जित हात पारे । सभापतिमा विजयी भएका श्रेष्ठले एकसय ३६ मत पाउँदा रिमालले एकसय ३५ मत प्राप्त गरे । उपसभापतिमा सुमन अधिकारीले एकसय ५६ मत र भिमसेन अर्यालले एकसय ३१ मत प्राप्त गरी विजयी भए । सचिवमा अच्युत गिरीले एकसय ३५ मत र सुजन गजुरेलले एकसय ३२ मत प्राप्त गरी विजयी भए । सहसचिवमा रविन्द्र रिजाल र लोकस रिमालले जित हात पारे । उनीहरु दुबैले समान एकसय ३६ मत प्राप्त गरे ।

बेलकोटगढी नगरपालिकाको नगर कमिटीमा केसी समूहका प्यानलै निर्वाचित भए । सभापतिमा लेखनाथ मुडभरीले १ सय २४ मत ल्याएर निर्वाचित भएका छन् । उपसभापतिमा दुर्गाप्रसाद पुडासैनी र दुर्लभबहादुर तामाङ र सचिवमा प्रेमप्रसाद लामिछाने र हर्कबहादुर तामाङ र सहसचिवमा अर्जुनबहादुर दाहाल र राजुमान लामा निर्वाचित भएका छन् । महत पक्षबाट कृष्णप्रसाद पाण्डेको नेतृत्वमा चुनावी मैदानमा आएका थिए । पाण्डेले १ सय मत मात्र ल्याए ।

किस्पाङ गाउँपालिकाको सभापतिमा रणबहादुर तामाङ निर्विरोध निर्वाचित भए । उपसभापतिमा जीतमान तामाङ र सिंगबहादुर तामाङ, सचिवमा पशुपति घले र फडिन्द्रराज ओझा र सहसचिवमा मुक्ति तामाङ र प्रदिप न्यौपाने निर्वाचित भए।

म्यागङ गाउँपालिकामा सभापति पदमा सिंहराज तामाङले ७१ मत ल्याएर सभापतिमा निर्वाचित भए । उनका प्रतिद्वन्द्वी कमलबहादुर तामाङले ३८ मत ल्याए । उपसभापतिमा रामबहादुर तामाङ र पाल्टेन तामाङ, सचिवमा दावा छिरिङ लामा र वीरबहादुर तामाङ, सहसचिवमा गोविन्द सापकोटा र दिलबहादर गुरुङ निर्वाचित भए ।

तारकेश्वर गाउँपालिकामा सभापति पदमा एक गोल्डेन मतको मतान्तरले केसी पक्षधरका केशव अर्याल निर्वाचत भएका छन् भने बाँकी सबै पदाधिकारी महत पक्षमा हरि श्रेष्ठको प्यानलका निर्वाचित भएका छन् । सदस्यहरूमा पनि अधिकांश श्रेष्ठ प्यानलका निर्वाचित भएका छन् । अर्यालले ५१ मत ल्याएर निर्वाचित हँदा श्रेष्ठले ५० मत ल्याए । उपसभापतिमा खम्बासिंह तामाङ र बुद्धिमान श्रेष्ठ, सचिवमा चक्र तामाङ र अर्जुन घिमिरे र सहसचिवमा दीपक मिजार र प्रेम तामाङ निर्वाचित भएका छन् ।

सुर्यगढी गाउँपालिकाको गाउँ कमिटीको सभापतिमा युवा नेता शंकर प्याकुरेल निर्विरोध निर्वाचित भए । अन्य दुई जनाले पनि सभापतिमा दावेदारी प्रस्तुत गरेपनि अन्तिम समयमा आएर अन्यले उम्मेदवारी फिर्ता लिएपछि प्याकुरेल निर्विरोध निर्वाचित भए । उपसभापतिमा कालु तामाङ र रामकुमार गिरी, सचिवमा शंकरसन अधिकारी र बासु लम्साल र सहसचिवमा प्रकाश भट्टराई र राजु अधिकारी निर्वाचित भए ।

लिखु गाउँपालिका गाउँ कमिटीको सभापतिमा विनोद पाठक निर्विरोध निर्वाचित भए । शनिबार भएको अधिवेशनमा अन्य कुनैपनि उम्मेदवारले सभापतिमा मनोनयन दर्ता नगरेपछि पाठक सभापतिमा निर्विरोध निर्वाचित भए । कांग्रेसको प्रखर वत्ताको रुपमा गाउँपालिकामा पहिचान बनाएका पाठकलाई गाउँपालिकाका अध्यक्ष धुव्र श्रेष्ठको पहलमा सर्वसहमत रुपमा सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।

ककनी गाउँपालिकाको गाउँ कमिटीको सभापतिमा भाग्यश्री लामा विजयी भए । शनिबार भएको अधिवेशनमा लामाले आफना निकटतम प्रतिद्वन्द्वी अशोक लामालाई २३ मतान्तरले पराजित गरि विजयी भए । भाग्यश्रीले ८० मत प्राप्त गरे भने अशोकले ५७ मत पाए । विजयी भएका लामा केसी समुहका हुन् ।

पञ्चकन्या गाउँपालिकाको गाउँ कमिटीको सभापतिमा माधव खनाल प्यानलका विजयी भए । शनिबार भएको अधिवेशनमा खनालले निकटम प्रतिद्वन्द्वी यमबहादुर थापालाई १२ मतान्तरले पराजित गर्दै विजयी भए । विजयी भएका खनालले ८१ म प्राप्त गर्दा उनका निकटम प्रतिद्धन्दी यम थापाले ६९ मत प्राप्त गरे । उपसभापतिमा राजुप्रसाद सिटौला र गंगाराम लामिछाने, सचिवमा सरोज तामाङ र पुरुषोत्तम खड्का र सहसचिवमा केशवबहादुर भण्डारी र सुदीप सुवेदी निर्वाचित भए । सदस्यहरू भने सर्वसम्मत निर्वाचित भएका हुन् ।

तादी गाउँपालिकामा नारायणप्रसाद पाण्डे १ सय ५ मत ल्याएर विजयी भए् । उनका प्रतिद्धन्द्धी रामशरण तिम्सिनाले ३० मत ल्याए । उपसभापतिमा नकुरदोब तामाङ र मुक्तलाल श्रेष्ठ, सचिवमा सञ्जिव अधिकारी र शक्ति तामाङ र सहसचिवमा शरण अधिकारी र सोनाम तामाङ निर्वाचित भएका छन् ।

शिवपुरी गाउँपालिकाको गाउँ कमिटीको सभापतिमा कविराज गुरुङ विजयी भए । गुरुङले ८८ मत प्राप्त गरे । उनका प्रतिष्पर्धी माधवप्रसाद भेटुवालले ६५ मत पाए । उपसभापतीमा रविन डंगोल एकसय मत र तिलकबहादुर पण्डितले ६९ मत प्राप्त गरी विजयी भए ।सचिवमा राजकुमार खड्काले ७७ मत र शेरबहादुर तामाङले ७१ मत प्राप्त गरी विजयी भए। सहसचिवमा रामहरी तामाङले ८५ मत र सन्तोष पाण्डेले ८१ प्राप्त गरी विजयी भए । सदस्यहरु भने निर्विरोध निर्वाचित भए ।

दुप्चेश्वर गाउँपालिका गाउँ कमिटीको सभापतिमा रोजलाल मोक्तान निर्विरोध निर्वाचित भए । उपसभापतिमा तिर्थ तामाङ र सुदर्शन थापा, सचिवमा कृष्णबहादुर स्यांताङ र शशीप्रसाद आचार्य र सहसचिवमा रुपेश तामाङ र रुपबहादुर तामाङ निर्विरोध निर्वाचित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया



Top