२०८१, १४ बैशाख शुक्रबार

नेटम्याक्स इन्टरनेटको “बडा दशैं-तिहार बडा अफर”, ४० एमबिपिएसको ९९९९ रुपैयाँ

डबली खबर     आश्विन १० २०७८ १४:२८

netmax internet nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – नेटम्याक्स टेक्नोलोजी प्रालिको नुवाकोट शाखाले “बडा दशैं तिहार बडा अफर” अन्तर्गत उच्च गतिको इन्टरनेट सेवा सर्वसुलभ शुल्कमा जडान गरिदिने भएको छ ।

नेटम्याक्सका शाखा प्रबन्धक आशिषकुमार शाहका अनुसार यो योजनामा ४० एमबिपिएसको ९ हजार ९९९ रुपैयाँमै उच्च गतिको इन्टरनेट सेवा लिन सक्नेछ । सो योजना अन्तर्गत एकवर्ष अवधिको पूर्ण शुल्क तिरेर ग्राहकले सेवा लिन सक्नेछ । जसमा नि:शुल्क राउटरसहित जडान गरि दिनेछ ।

“नेटम्याक्सको सेवा उपभोग गर्न ग्राहकले नि:शुल्क तीन दिन परीक्षणको रुपमा जडान गरी सेवाको उपभोग गर्न सक्नेछन्”, उनले भने “ग्राहकले सेवाबाट सन्तुष्टि पश्चात् मात्र सेवा शुल्क तिर्न सकिने छ ।”

सबैको पहुँचमा इन्टरनेट भन्ने धारणा अनुसार नेटम्याक्स नुवाकोट शाखाले केन्द्रको मूल्य भन्दापनि कम मूल्यमा वितरण गरिरहेको उनले बताए । भर्चुअल कक्षा अध्ययनको लागि विद्यार्थीहरुले विद्यालयको परिचयपत्रको आधारमा पनि इन्टरनेट सेवा लिन सकिने व्यवस्था छ ।

यसबाट नुवाकोटमा निजी क्षेत्रबाट प्रवाह हुने सेवाको गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ । हाल इन्टरनेट प्रदायक कम्पनीका तुलनामा नेटम्याक्स नुवाकोट शाखाले यो सेवा सस्तो शुल्कमा प्रदान गरेको शाहको दावी छ ।

“इन्टरनेट सेवा चुस्त राख्नको लागि २४सै घण्टा ग्राहक सेवालाई प्रभावकारी बनाएका छौं”, उनले भने “कारणबस इन्टरनेट अवरुद्ध हुदाँ तुरुन्तै ग्राहकलाई जानकारी समेत गर्ने गरेका छौं । ग्राहक सन्तुष्टिको लागि इन्टरनेट नचलेको दिनलाई क्षतिपूर्ति बापत त्यतिनै दिनको मिलान दिने गरेका छौं । “

२५ एमबिपिएसको मासिक एक हजार ५० छ भने एक वर्षको ११ हजार २०० रुपैंयाँ रहेको छ । ग्राहकले नि:शुल्क राउटरसहित नि:शुल्क जडान गर्न सक्नेछन् । नेटम्याक्सको इन्टरनेट प्रयोगकर्ताले आइपिटिभीमार्फत नेटटिभी पनि हेर्न सकिने सुविधा छ ।

नेटम्याक्सले सुरुवाती चरणमा विदुर नगरपालिका क्षेत्रका सिलट्यांकी, त्रिशुली, ढुंगे, विदुर, बट्टार, गङ्गटे, इनारपाटी, पिपलटारमा विस्तार गरीसकेको छ । शाखाले नुवाकोटको विदुर नगरपालिका लगायत बेलकोटगढी नगरपालिका, किस्पाङ गाउँपालिका, म्यागङ र तारकेश्वरमा सेवा विस्तार कार्य भइरहेको उनले जानकारी दिए । साथै रसुवाको कालिका गाउँपालिका र उत्तरगया गाउँपालिका पनि सेवा विस्तारको कार्य भइरहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top