२०८०, १६ चैत्र शुक्रबार

विवेकशिल साझा पार्टीद्वारा एमसीसीविरुद्ध विरोध प्रर्दशन

डबली खबर     भाद्र ३१ २०७८ १६:४९

go back mcc nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोटमा विवेकशील साझा पार्टीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध सांकेतिक प्रदर्शन गरेको छ ।

सांकेतिक विरोध र्याली विवेकशिल साझा पार्टी नुवाकोटको कार्यालयदेखि लोकतान्त्रिक चौतारामा पुगेर सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै पार्टीका जिल्ला संयोजक दामोदर नेपालले एमसीसी राष्ट्र र राष्ट्रियता हित विपरित रहेकाले विरोध स्वरुप प्रर्दशनमा उत्रिएको बताए । एमसीसीविरुद्ध विरोध प्रर्दशन राजनैतिक दल विशेष मुद्दा नभई समाज र आम नेपालीको मुद्दा भएको बताए । वैदेशिक प्रभुत्व नेपालमा बढिरहेको हुनाले यसको न्यूनीकरण र हामी आफ्नो खुट्टामा कसरी उभिने भन्ने चेतना हरेक क्षेत्रबाट आउनुपर्ने धारणा व्यक्त गरे । सरकारले संघिय संसदबाट एमसीसीलाई पास गर्ने लक्ष्यलाई रोक्नको लागि आवाज बुलन्द पार्नको लागि नुवाकोटबाट आवाज उठाएको बताए । एमसीसी सम्झौताका केही शर्तहरू अत्यन्त आपत्तिजनक एवम् नेपालको राष्ट्रिय स्वाभिमान र हित प्रतिकुल रहेकाले संशोधनबिना नै पारित गर्न नहुने धारणा राखे ।

प्रदर्शनकारीले राष्ट्रघाती एमसीसी परियोजना “एमसीसी सम्झैता खारेज गर, गो ब्याक एमसीसी लगायतका ब्यानर र नारासहित उत्रिएका पार्टीका कार्यकर्ताहरुले प्रर्दशन गरेका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top