+
Search

ताजा अपडेट +

पपुलर +

अम्बे सिमेन्टको नुवाकोटमा डिलर भेटघाट

ambe cement nuwakot meet
डबली खबर
४ साल अगाडी

विदुर – उपभोक्ताको रूचि र सुझावलाई कम्पनीसम्म पुर्‍याउन अम्बे सिमेन्टले डिलर तथा निर्माण सामाग्री विक्रेताहरुलाई आग्रह गरेका छन् ।

शुक्रबार अम्बे सिमेन्टले नुवाकोटमा डिलर तथा निर्माण सामाग्री विक्रेताहरुसँग भेटघाट एवं अन्तरक्रिया गर्दै यस्तो आग्रह गरेका हुन् ।

कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्धक नमराज खरेलले अम्बे सिमेन्टका उत्पादनहरू उत्कृष्ट तथा विश्वसनीय रहेकाे दावी गरे ।

कार्यक्रममा सहभागीहरुको जिज्ञासाको जवाफ दिँदै क्षेत्रिय बिक्रि प्रबन्धक बालगाेपाल डंगाेलले सिमेन्टको बजारीकरणमा नयाँ अभियान तथा जनचेतनामुलक कार्यक्रम चलाइने बताए । उनले अम्बे सिमेन्ट निर्माण कार्यमा निश्चित भइ प्रयाेग गर्न सुभाव दिए ।

कार्यक्रममा कम्पनीका इञ्जिनियर पुष्पबहादुर कटुवालले भूकम्प प्रतिराेधात्मक घर निर्माण सम्बन्धि प्रस्तुतीकरण दिएका थिए ।

कार्यक्रममा नुवाकाेटका ७० जना डिलर तथा निर्माण सामाग्री विक्रेताहरुको उपस्थिति रहेको थियो। कार्यक्रमका नुवाकाेटका लागि आधिकारिक बिक्रेता रहेकाे ओमशिवशक्तिका सञ्चालक राजेन्द्र श्रेष्ठले अम्बे सिमेन्टले जिल्लाका सामाजिक उत्तरदायित्व अन्तर्रगत गरेका कार्यक्रमका बारेमा जानकारी गराउनुकाे साथै आगामी दिनमा थप कार्यक्रमकाे अपेक्षा राखेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ