२०८०, १० आश्विन बुधबार
social securities awareness bidur municipality

राष्ट्रिय फोटो पत्रकार समुहमा सिलवाल

डबली खबर     भाद्र २७ २०७८ ०७:२०

prakash silwal nfpj nuwakot
pratik book and stationery center in nuwakot

नुवाकोट – राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपिजे)ले नुवाकोट शाखा विस्तार गरेको छ ।

शनिबार विदुरमा भएको फोटो पत्रकार समुहको भेलाले भैरवी खबर अनलाईन पत्रिकाका सम्पादक प्रकाश सिलवाललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । उनको नेतृत्वमा सात सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

नुवाकोट शाखाको समूहमा उपाध्यक्षमा हरिराम भेटुवाल, सचिवमा महेन्द्र अधिकारी र कोषाध्यक्षमा केरिना शाक्य चयन भएकी छिन् । यस्तै सदस्यहरुमा संजय भट्ट, उषा रेग्मी र शन्नी श्रेष्ठ रहेका छन् ।

भेलालाई सम्बोदन गर्दै कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय फोटो पत्रकार समुहका केन्द्रिय अध्यक्ष राजेन्द्र चित्रकारले संसारलाई बुझ्न फोटोग्राफीले निकै सहज बनाएको बताए । उहाँले फोटोग्राफीको आविष्कारले दूरदराजको संसार नजिक ल्याइदिएको साथै हजारौं शब्दले भन्न नसक्ने कुरा एउटै तस्बिरले प्रस्ट पारिदिने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ध्रुवकुमार रावलले फोटो पत्रकार व्यवसायिक रुपमा लाग्दा निकै खर्जिलो रहेको हुनाले जिल्लामै क्षेत्र बनाई कार्य गर्न कठिन हुने बताए ।

भेलामा बागमती प्रदेश अध्यक्ष शिव देवकोटा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, एनएफपिजेका केन्द्रीय पदाधिकारीलगायतको उपस्थिती थियो।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top