२०७८, ८ आश्विन शुक्रबार

नुवाकोटमा टेलिकमको फाईबरका ग्राहक बढ्दै

सुनील श्रेष्ठ     भाद्र १७ २०७८ १८:४१

nuwakot telecom office ftth
tribhuwan trishuli secondary school admission open
bidur tax

विदुर – नेपाल टेलिकमले फाइबर टु द होम सेवा ७३ जिल्लाहरु सेवा विस्तार गरिरहेको जनाएको छ । एउटै फाइबरबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउन सकिने एफटीटीएचको पहुँच तीव्र गतिमा विस्तार गरिरहेको टेलिकमको भनाइ छ ।

नेपाल टेलिकम नुवाकोट शाखाका प्रमुख विकास महर्जनकाअनुसार एफटीटीएच सेवा उपभोग गर्नेमा पुराना ग्राहक ५९ जना र नयाँ ग्राहक १२ जनाले भ्वाइस र इन्टरनेट सेवा लिएको उनले जानकारी दिए । जसमा ४ जनाले भ्वाईस सेवामात्र सेवा लिएका छन् । हाल सदरमुकाम विदुरमा रहेको नेपाल बैंक, जिल्ला हुलाक कार्यालय, विदुर नगरपालिकाकाको पुरानो भवन र गौरीबेंशीका क्षेत्रहरुमा गरी कुल ७५ जना ग्राहकहरुले एफटीटीएच सेवा लिईरहेको उनले बताए ।

नेपाल टेलिकम नुवाकोट शाखाका प्रमुख विकास महर्जन

“अहिले नुवाकोटमा मुख्यतः भ्वाइस र इन्टरनेट सेवा मात्र उपलब्ध गराइरहेका छौं”, उनले भने “इन्टरनेट र भ्वाइस सेवा लिएका ग्राहकहरुबाट एफटीटीएच सेवाको राम्रो प्रतिक्रिया आईरहेको छ । विस्तार भएका क्षेत्रभित्र नयाँ लाईन पनि वितरण गरिरहेका छौं । एफटीटीएचमा टेलिफोन, इन्टरनेट र टेलिभिजन कम्बो प्याकेज रहेकाले टेलिकमप्रति ग्राहकहरुको मोह बढ्दै गईरहेको छ । ”

अहिले एनटी टिभी ब्रान्डमा आईपी टिभी सेवा परीक्षणको क्रममा रहेको छ। महामारी कोरोनाभाईरसको कारण सेवा विस्तार गर्दा केन्द्रबाटै प्राविधिक आउनुपर्ने र थप सामाग्रीको अभावले सेवा विस्तार गर्न कठिनाई भइरहेको हो । विदुरका अन्य क्षेत्र, बट्टार, देविघाट क्षेत्रलगायतका स्थानहरुमा एफटीटीएच सेवा विस्तारको लागि केन्द्रबाट थप सामाग्री आएपछि विस्तार गरिने उनले बताए ।

हाल नुवाकोटमा टेलिकमका करिब १८ सय टेलिफोन प्रयोगकर्ता रहेको टेलिकमका प्राविधिक समिर लामिछानेले जानकारी दिए । एफटीटीएच सेवा विस्तार र मर्मतको लागि जिल्लामै भएतापनि जिल्लाका थप क्षेत्रमा विस्तारको लागि थप प्राविधिकको कमि हुने गरेको उनले बताए ।

जिल्लाका सरकारी कार्यालयहरुमा प्राय: टेलिकमको लिजल्याण्ड इन्टरनेट सञ्चालनमा रहेका छन् । जिल्लामा अहिले ३ सय ६५ एडीएसएलका प्रयोगकर्ता रहेको छ ।

उच्च गतिको भरपर्दो इन्टरनेट सेवाका लागि उपयोग भइरहेको एफटीटीएच सेवाले भ्वाइस टेलिफोनका लागि तामाको तारको विकल्पको रुपमा फाइबर उपलब्ध गरेको छ भने सोही फाइबरबाट टेलिभिजन सेवा पनि उपलब्ध भए पश्चात ट्रिपल प्लेको अवधारणा कार्यान्वयन भएको थियो ।

प्रकाशित: भाद्र १७ २०७८ १८:४१

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
Radio Langtang
Radio Sanjiwani



Top