२०७८, ८ आश्विन शुक्रबार

दशैं तिहार लक्षित ‘बर्जर फेस्टिभ राइड’ सुरु

डबली खबर     भाद्र १७ २०७८ १०:५३

berger paints festive offer nepal
tribhuwan trishuli secondary school admission open
bidur tax

काठमाडौं – दशैं तिहारलाई लक्षित गरेर बर्जर पेन्ट्सले ‘बर्जर फेस्टिभ राइड’ योजना सार्वजनिक गरेको छ । बर्जर पेन्ट्सको यो योजना भदौं १५ गतेबाट सुरु भएको छ ।

यस योजना अन्तर्गत उपभोक्ताहरुले छानिएका ब्रान्डहरुको खरीदमा १०० वर्ग फिट क्षेत्रफल बराबरको डिजाइनर वाल पेन्ट् पक्का उपहार प्राप्त गर्नेछन् । यसमा एकजना भाग्यशाली विजेताले गोला प्रथाद्वारा बम्पर उपहारमा नयाँ ब्राण्डको यामाहा एफ जेड २५ मोटरसाइकल जित्न सक्नेछन् ।

यसैगरी, अन्य आकर्षक उपहारहरु एकजनालाई यामाहा फेसिनो १२५ एफआई स्कूटर, २ जनालाई सामसङ एस२१ मोबाइल र ५० जनालाई सामसङ एम ०२एस मोबाइलहरू प्रदान गरिने कम्पनीले जनाएको छ ।

यसका साथै योजनामा उपभोक्ताहरूले रँगाइएको आफ्नो घरको बाहिरी भागको फोटो बर्जरको वेभसाइटमा अपलोड गरेर डिजिटल प्रतियोगितामा सहभागिता जनाउन पनि सक्नेछन् । यसरी सहभागी भएका प्रतियोगीहरु मध्ये उत्कृष्ट २८ घरधनीहरुलाई नगद पुरस्कार प्रदान गर्ने पनि कम्पनीको योजना छ ।

प्रकाशित: भाद्र १७ २०७८ १०:५३

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
Radio Langtang
Radio Sanjiwani



Top