२०७८, ८ आश्विन शुक्रबार

बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपिओ भर्ने समय एक दिन थपियो

डबली खबर     भाद्र १५ २०७८ ०६:२८

Buddha Bhumi Nepal Hydropower
tribhuwan trishuli secondary school admission open
bidur tax

काठमाडौं – बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपिओ भर्ने म्याद थप एकदिन थपिएको छ । कम्पनीले गत साउन ३२ गतेदेखि भदौ १४ गते अर्थात सोमबारसम्म स्थानीय प्रभावित क्षेत्र नुवाकोटवासीहरुका लागि कुल चार लाख कित्ता सेयर निष्काशन गरेकोमा थप एकदिन म्याद थप गरेको हो ।

आवेदनको दिने अन्तिम दिन आज भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी परेकाले यस दिन सरकारले सार्वजनिक समेत दिएकाले कुनै कारोबार नहुने हुँदा कम्पनीले सेयर निष्काशन समय थप एक दिन थपेको हो । योसँगै कम्पनीको आइपिओ खरिद गर्न चाहने लगानीकर्ताले थप १ दिनको अवसर पाएका छन् ।

कम्पनीले आयोजना प्रभावित स्थानीयवासी नुवाकोट जिल्लाका लगानीकर्ताहरुका लागि कुल १२ लाखमध्ये पहिलो चरणमा ४ लाख कित्ता सेयर निष्काशन गरेको हो । १०० अंकित मूल्य दरका कुल ४ लाख कित्तामा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नुवाकोट जिल्लामा रहेको ज्योति विकास बैंकको शाखा, प्रभु बैंकको शाखा र सिभिल बैंकको शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था, मेरो सेयर र ई–सेवा मार्फत समेत सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

प्रकाशित: भाद्र १५ २०७८ ०६:२८

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
Radio Langtang
Radio Sanjiwani



Top