२०८०, ६ चैत्र मंगलवार

बुद्धभुमि नेपाल हाइड्रोपावरमा ९ करोड बराबरको आवेदन

डबली खबर     भाद्र १० २०७८ १९:२७

Buddha Bhumi Nepal Hydropower
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले साउन ३२ गतेदेखि संस्थापक सेयरधनीहरु तथा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि बिक्री खुल्ला गरेको आईपीओमा हालसम्म ९ करोड रूपैयाँ बराबरको आवेदन परेको छ ।

बुधबार साँझसम्म १२ हजार ६ सय ४८ जना आवेदकहरूले ९ करोड ४९ लाख २ हजार ९ सय रूपैयाँ बराबरको ९ लाख ४९ हजार २९ कित्ताका लागि आवेदन दिएको निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेडका कार्यकारी अधिकृत जनकराज ढुङ्गेलले जानकारी दिएको छ ।

कम्पनीले प्रतिशेयर १ सय अंकित मूल्यका १२ लाख कित्ता साधारण शेयरमध्ये ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।

आईपीओमा निष्काशन बन्द छिटोमा भदौ १४ गते हुनेछ भने ढिलोमा भदौ २९ गते हुनेछ । आईपीओमा ज्योति विकास बैंक, प्रभु बैंक, सिदार्थ बैंक र सिभिल बैंकका तोकिएका शाखा कार्यालय र इसेवा वालेटको मोबाइल एप र वेबसाईटबाट आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ।

नुवाकोटबासी लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top