२०८१, १३ बैशाख बिहीबार

पार्वतीकुण्डमा ५ हजारले दर्शन गरे

सरस्वती न्याैपाने     भाद्र ८ २०७८ ०९:२३

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

रसुवा – साविककाे गत्लाङ गाविस वडा नम्बर ५ हालकाे आमाछाेदिङमाे गाउँपालिका वडा नम्बर ३ मा पर्ने पार्वतीकुण्डमा करिब ५ हजार जनाले दर्शन गरेका छन् ।

चिलिमे निवासि सुजता तामाङकाअनुसार यसपटक स्थानीयहरू चिलिमे, गाेल्जुङ, गत्लाङ, ग्रे,नेसिङ, भार्खु, स्याफ्रु धुञ्चे, हाकु बेत्रावति, कालिकास्थान, लगायतका धादिङको रूबीभ्याली र तिप्लिङबाट करिब ५ हजार जना भक्तजनहरू जनैपूर्णिमा मेलामा पार्वतीकुण्ड गएका न। समुन्द्री सतह देखि दुई हजार पाँच सय ५० मिटरकाे उचाइमा घना जङ्गल बुम्जाेमाने सामुदायिक वनकाे काखैमा रहेकाे यस कुण्ड लाई स्थानीय भाषामा आमाछाेदिङमाे भनिन्छ ।

रसुवाको आमाछोदिङ्मो गाउँपालिका गत्लाङस्थित पार्वतीकुण्डमा मेला लागेको थियो । हरेक वर्ष जनैपूर्णिमाका दिन पार्वतीकुण्डमा लाग्ने मेला यस बर्ष पनि लागेको हो ।

पार्वतीकुण्ड तामाङ सम्पदा मार्गभित्र पर्ने भएको हुदाँ यस क्षेत्रमा तामाङहरूको भेषभुषा, संस्कृति र परम्पराको अध्ययन तथा अवलोकन गर्न वार्षिक रूपमा हजारौ विदेशी पर्यटक समेत यस क्षेत्रमा आउने गर्दछ । तर अन्य दिनमा भन्दा पनि जनैपूर्णिमामा लाग्ने पार्वतीकुण्ड मेलामा यस क्षेत्रका स्थानीय तामाङ परम्परा र संस्कृति मौलिकपन जल्किने खालका भेषभुषा लगाई युवायुवती देखि बृद्धबृद्धा सम्मले स्थानीय गीत गाउँदै नाच्ने गर्दछ ।

त्यस कारण अन्य दिन भन्दा जनैपूर्णिमामा लाग्ने पार्वतीकुण्ड मेलामा जादाँ तामाङहरूको भेषभुषा, संस्कृति र परम्पराको अध्ययन तथा अवलोकन बढी उपलब्धी हुने हुदाँ यो मेला निकै रोमाञ्चक हुने गर्दछ ।

अर्का गत्लाङका स्थानीय फुर्पुसिङगि तामाङकाअनुसार पार्वतीकुण्डमा सन्तान नहुने वा अन्य कुनै व्यक्तिले आफ्नो समस्या सामाधान गर्नको लागि जनैपूर्णिमाको बेलामा लामा झाँक्रीको मन्त्रबाट पूजा गरी वर माग्यो भने पाइन्छ र पार्वतीकुण्डले दिन्छिन् भनिन्छ, तर त्यो व्यक्तिले जनैपूर्णिमा या फाँगुन पुर्णिमाको दिन छोज्या गर्नुपर्दछ । छोज्या भनेको तीर्थमा आउने तीर्थालुहरूलाई खाना खाजा खुवाउने कार्य भन्ने बुझिन्छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top