नुवाकोट – हाम्रो लिखु बहुउद्देश्यीय सहकारीको प्रथम साधारणसभा पट्टाबारीमा सम्पन्न भएको छ ।
समारोहका प्रमुख अतिथि लिखु गाउँपालिका वडा नम्वर १ का वडाध्यक्ष नरहरी पाण्डेले पालिका गठनसंगै गठन भएको पहिलो सहकारीको रुपमा रहेको सहकारीले छोटो समयमा राम्रो प्रगति गरेको बताए । “नियममा बाँधिएर काम गर्दा नै संस्थालाई सफलता मिल्छ”, उनले भने “पछिल्लो समयमा लिखु गाउँपालिका क्षेत्रभित्रका कतिपय सहकारीले गुणात्मक काम गरेको छैनन्। बचत तथा ऋण कारोबार गरेर मात्र सफल हुदैन । जनतालाई आर्थिकोपार्जन जोड्ने काम सहकारीको हो।”
लिखु गाउँपालिका प्रभक्ता समेत रहेका वडाध्यक्ष पाण्डेले संख्यात्मक भन्दापनि गुणात्मक गतिविधि गर्न सुझाव दिए । “गाउँपालिकाभित्र १ दर्जन भन्दा बढी सहकारी छन् भने केही सहकारी व्यक्तिको झोलामा सिमित रहेको छ ।”, उनले भने “केही सहकारी खारेज हुने अवस्थामा छन् । सहकारीमा आबद्ध हुने शेयर सदस्यलाई व्यावसायिक बनाउने काम सहकारीको हो।”
सहकारीका सल्लाहकार एवं लुम्वीनी विकास बैक ढिकुरे शाखाका प्रबन्धक सुर्यकुमार पण्डितले सहकारी उत्पादनमूखिभन्दा पनि सेवामूखी हुनुपर्ने बताए । सहकारीको भीडमा जन्मिएको बहुउद्देश्यीय सहकारीले सदस्यको जीवनमा प्रत्यक्ष फाइदा हुने पृथक खालका कार्यक्रम गर्न उनले सुझाव दिए ।
सहकारीका अध्यक्ष रामप्रसाद लामिछानेले गत आर्थिक वर्ष ०७७/७८ मा सहकारीले गरेको उपलब्धि, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतीलगायतका कार्यक्रम प्रस्तुत गरेका थिए ।
सहकारीले १ करोड १ लाख ५३ हजार ९०० सेयर पूँजीबाट बढाएर २०७८ असारमसान्तसम्म २ करोड ६५ लाख ६२ हजार ५ सय बचत संकलन गरेको कायम गरेको गरेर सेवाग्राही सेवा दिईआएको सहकारीका कोषाध्यक्ष निर्मला राईले बताए ।
कार्यक्रममा सहकारीका १०१ शेयर सदस्यहरुमध्ये उत्कृष्ट बचतकर्तामा कोपिला श्रेष्ठ र उत्कृष्ट ऋणीमा सिता तामाङलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया