२०८१, १४ बैशाख शुक्रबार

लायन्स क्लबको आयोजनामा रक्तदान

डबली खबर     भाद्र ५ २०७८ १५:५१

lions club of nuwakot capital blood donation program
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

बट्टार – लायन्स क्लब अफ नुवाकोट क्यापिटलको आयोजनामा शनिबार २६ जनाले रक्तदान गरेका छन् ।

नुवाकोट आदर्श क्याम्पस गेट अगाडी भएको रक्तदानमा महिला ३ जना र पुरुष २३ जनाले रक्तदान गरेको लायन्स क्लब अफ नुवाकोट क्यापिटलका अध्यक्ष दिनेश कुमार श्रेष्ठले जानकारी दिए । उनले भने “रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरिएको हो । आगामी दिनमा क्लबले मासिक रुपमा सामाजिक कार्य गर्ने नीति रहेको छ ।”

लायन्स क्लब अफ इन्टरनेशनल क्लस्टर प्रमुख अनुजकुमार श्रेष्ठको उपस्थितमा लायन्स क्लबका अध्यक्ष श्रेष्ठले रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

रक्तदानमा नुवाकोट रेडक्रस सोसाईटी अन्तर्गतको रक्त सञ्चार केन्द्रको सहयोगमा भएको कार्यक्रम संयोजक सुबास श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top