२०८१, ११ बैशाख मंगलवार

एशियन लाईफ इन्स्योरेन्सको अध्यक्षमा श्रेष्ठ

डबली खबर     भाद्र १ २०७८ १७:१६

Chairman Asian Life Insurance
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – एशियन लाईफ इन्स्योरेन्सको संचालक समितिको नवनियुक्त अध्यक्ष दिपक कुमार श्रेष्ठले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन । नियामक निकाय बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष अध्यक्ष श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन ।

आइतबार बाराको सिमरामा सम्पन्न १२ औं साधारण सभाबाट आगामी चार वर्षे कार्यकालको लागी संचालक समितिको सदस्य पदमा दिपक कुमार श्रेष्ठ निर्वाचित भएपछि यस कम्पनीको संचालक समितिको १६४ औं बैठकले उनलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको कम्पनिले जानकारी दिएको छ ।

सपथ ग्रहणको अवसरमा बीमा समितिको कार्यकारी निर्देशक राजुरमण पौडेल र एशियन लाइफका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top