२०७८, ८ आश्विन शुक्रबार

बुद्धभुमि हाइड्रोपावरको आईपीओ साउन ३२ देखि

डबली खबर     श्रावण ३० २०७८ ०९:१९

Buddha Bhumi Nepal Hydropower
tribhuwan trishuli secondary school admission open
bidur tax

नुवाकोट – बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले साउन ३२ गतेदेखि प्रभावित स्थानिय नुवाकाेट जिल्लावासीलाई आईपीओ बिक्री खुला गर्ने भएको छ । साउन ३२ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १२ लाख कित्ता साधारण शेयरमध्ये ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ । आईपीओमा ज्योति विकास बैंक, प्रभु बैंक र सिभिल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले आईपीओमा छिटोमा भदौ १४ गते र ढिलोमा भदौ २९ गतेसम्म आवेदन दिनसक्नेछन् ।

प्रकाशित: श्रावण ३० २०७८ ०९:१९

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
Radio Langtang
Radio Sanjiwani



Top