+
Search

ताजा अपडेट +

पपुलर +

फोनिजको स्थापना दिवसमा खाद्यान्न सहयोग

fonij nuwakot celebrate anniversary
डबली खबर
४ साल अगाडी

नुवाकोट – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को स्थापना दिवसको अवसरमा फोनिज नुवाकोटले आमाको छात्रावासलाई खाद्यान्न सामाग्री सहयोग गरेको छ ।

फोनिज स्थापना दिवसको अवसरमा विदुर नगरपालिका वडा नम्बर २ शिवालय टोलमा छात्रवासलाई तीन बोरा चामल, ५ किलो दाल, नुन ४ पाकेट, चना १ किलो र बोडी १ किलोलगायतका खाद्यान्न सामाग्री सहयोग गरेको फोनिज नुवाकोटका सचिव गमला लामाले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य ध्रुवकुमार रावलले नेपाल आदिवासी जनजाति पत्रकार महासंघको स्थापना दिवसमा पत्रकारको छाता संगठनले सामाजिक कार्यमा गरिएको कदमले अन्य पत्रकारका छाता संगठनलाई चुनौती भएको बताए । उनले छात्रावासलाई खाद्यान्न सहयोगलाई मात्र नभई छात्रवासमा रहेका बालबालिकाहरुको उच्च शिक्षा हासिलको लागि दाताको व्यवस्था गर्न महासंघले प्रचारप्रसार गर्नुपर्ने बताए । कलम चलाएर जीवन निर्वाह गर्ने पत्रकारले कुनै पनि कार्यक्रम गर्नको लागि अन्य संस्थाहरुसँग सहयोग माग्दै हिँड्ने पत्रकारको संस्थाले सामाजिक संस्थालाई खाद्यान्न सहयोग गरेको खुशी व्यक्त गरे ।

कार्यक्रममा आमाको छात्रावासका अध्यक्ष सोमप्रसाद पाण्डेले अभिभावकविहिन बालबालिकालाई शिक्षादिक्षा खानपान प्रदान गर्दै आईरहेकोमा अहिले छात्रवासमा सबै जनालाई बसोबास गर्न कठिन, पठनपाठनमा पनि समस्या, भोजन गर्न कोठा साँघुरो भएकोमा सम्बन्धित सरोकारवालालाई सहयोग गर्न अपिल गरे ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ