२०८१, १३ बैशाख बिहीबार

साउन ३१ गतेदेखि शिवपुरीमा व्यवसाय दर्ता शिविर

डबली खबर     श्रावण २५ २०७८ १३:३१

shivapuri rural municipality map nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – शिवपुरी गाउँपालिकाले व्यवसाय दर्ता शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले जनप्रतिनिधिसहित कर्मचारीको टोली बनाई वडा–वडामा पुगेर व्यवसाय दर्ता शिविर सञ्चालन गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगादेवी श्रेष्ठले जानकारी दिए ।

चालुआर्थिक वर्ष ०७८/७९ मा उद्योग व्यवसाय, कृषि, पशु फर्म तथा अन्य व्यवसाय संचालन गरिरहेका तथा गर्न चाहने व्यवसायी/व्यवसायिक कृषकहरुलाई लक्षित गरि गाउँपालिकाले यहि साउन ३१ गतेदेखि २ गतेसम्म वडा नम्बर ५, ६, ७ र ८ मा शिविर सञ्चालन गर्न लागिएको शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिए ।

शिविरमार्फत कृषि फर्म दर्ताको लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वडा सिफारिस, जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि वा मन्जुरीनामा, पासपोर्ट साईजको फोटो, सर्जिमिन मुचुल्का र तिरो तिरेको रसिदको प्रतिलिपि आवश्यक पर्ने गाउँपालिकाले जनाएको छ ।

नुवाकोट उद्योग वाणिज्य संघ र पुर्णिमा कार्यक्रमको समन्वयमा व्यवसाय दर्ता शिविर कार्यक्रम सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

व्यवसाय दर्ता शुल्क हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top