२०८१, १३ बैशाख बिहीबार

नुवाकोटमै प्रिपेड डलर कार्ड कसरी लिने?

सुनिल श्रेष्ठ     श्रावण २४ २०७८ ०७:२३

dollar prepaid card dabali khabar
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – सामाजिक सञ्जालमा व्यवसायिक विज्ञापन गर्न वा भर्चुअल बैठकको लागि लाईसेन्स लिन वा अन्य अनलाईन सम्बन्धि कारोबार गर्न खोजी रहनुभएको त छैन? छ भने, आफ्नो बैंक खाता भएको बैंक वा नजिकैको बैंकमा गई आवश्यक प्रक्रिया र कागजातसहित “प्रिपेड डलर कार्ड” बनाउनुहोस् । अनि आफ्नो व्यवसायको प्रकृति अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो व्यवसाय प्रवर्द्धन अब घरैमा बसेर आफ्नो व्यवसायलाई शिखरको उचाईमा पुर्‍याउनुहोस् ।

नुवाकोट जिल्लामा पनि सनराईज, ग्लोबल आईएमईलगायतले “प्रिपेड डलर कार्ड” सेवाको सुरुआत गरिसकेका छन् । सनराईजले इन्टरनेशनल, ग्लोबल आईएमईले ई-कम कार्ड नाममा कार्ड उपलब्ध गराउदँछ । अरु वाणिज्य बैंक र विकास बैंकहरुले पनि यस्तो कार्ड प्रदान गरिरहेको छ । नेपाल राष्ट्र बैंकको निर्देशनपछि बैंकहरुले प्रिपेड डलर कार्ड प्रदान गरेका हुन् ।

अनलाइनबाट खरिद गरिने विदेशी सामान तथा सेवाको शुल्क यसै कार्डमार्फत भुक्तानी गर्न पाइन्छ। अमेजन, अलिबाबालगायत अनलाइन किनमेलमार्फत खरिद गरिएको सामानको भुक्तानी कार्डबाट गर्न सकिने सनराईज बैंकका शाखा प्रबन्धक दिपेन्द्र श्रेष्ठले बताए ।

‘नेटफ्लिक्सबाट फिल्म हेर्न, फेसबुक र युट्युबमा विज्ञापन गर्न, पब्जी, फ्रीफायर जस्ता अनलाईन गेममा टपअप गर्न, भर्चुअल बैठकको लागि गुगल, जुम, मीटको लाईसेन्स लिने जस्ता अन्य मनोरञ्जनात्मक सेवाको लागि पनि कार्डबाटै भुक्तानी गर्न मिल्छ’ डबली खबरसँगको कुराकानीमा उनले भने। यस्तै, विदेशमा बस्ने आफन्त, प्रियजनलाई समेत जन्मदिन, वार्षिकोत्सवमा उपहार पनि अनलाईनबाट खरीद गरी पठाउन सकिने छ । यस्तो डलर कार्ड लिनका लागि बैंकमा खाता भने हुनुपर्छ। खाता नभएको अवस्थामा खाता खोल्न सकिन्छ ।

उनका अनुसार यसरी कार्ड जारी गर्दा कार्डको शुल्क १ हजार रुपैयाँ लिइन्छ। कतिपय बैंकको नियमअनुसार बीचमा कारोबार गर्दा नै शुल्क काट्न पनि सक्छन्। त्यस विषयमा ग्राहकले पहिले नै बैंकसँग जानकारी लिनुपर्ने श्रेष्ठले बताए।

बैंकअनुसार डलर कार्डको शुल्कमा भने बैंकले निर्धारण गरेको शुल्कअनुसार सेवा शुल्क लिने गरेको छ ।

एक वर्षमा खर्च गर्न मिल्नेगरी कार्डमा ५ सय अमेरिकी डलरसम्म ‘लोड’ गर्न सकिन्छ। आफ्नो अवश्यकता अनुसार १०, २०, ५०, १०० डलर प्रिपेड कार्डमा निशुल्क डलर लोड गर्न सकिन्छ । कार्डमा डलर लोड गर्दा सोही दिनको बिनिमयदरअनुसार खाताबाट रकम कटौती हुन्छ।

अवैधानिक माध्यमको खर्चलाई बैधानिकमा ल्याउन राष्ट्र बैंकले गरेको यो व्यवस्थालाई बैंकरहरु सकारात्मक रुपमा लिन्छन् ।  

व्यक्ति मात्रै नभई संस्थाहरुले पनि यसैगरी कार्ड लिन सक्नेछन्। संस्थाहरुका लागि पनि कारोबारको सीमा एउटै हुन्छ। यस्ता कार्ड एटिएममा प्रयोग गरेर नगद झिक्न वा पस मेसिनमार्फत भुक्तानी गर्न मिल्दैन। यस कार्डमा लोड भएको रकमको कुनै पनि ब्याज आउदैन अत: आफुलाई आवश्यक रकम मात्र लोड गर्दा बुद्धिमानी हुन्छ ।

के कसरी डलर कार्ड लिन सकिन्छ? के के चाहिन्छ कागजात?

यदि खाता भएकै बैंकबाट डलर कार्ड लिने हो भने कार्डको लागि एउटा अनुरोध फारम भर्नुपर्छ। तर बैंकमा आफ्नो केवाइसी विवरण भने अद्यावधिक भएको हुनुपर्नेछ। 

प्रचलित कानुनअनुसार आफूले सो रकम खर्च गर्ने भनी स्वघोषणाको फारम पनि ग्राहकले भर्नुपर्छ।  एउटा कार्ड लिइसकेपछि अर्को बैंकबाट नलिएको, नलिने प्रतिबद्धता, प्रचलित ऐन, कानुनभन्दा बाहिर रकम प्रयोग नगर्ने प्रतिबद्धता वा गरेको पाइएमा कारबाही भोग्न तयार छु भन्ने आशय स्वघोषणामा उल्लेख हुन्छ। 

आफ्नो पान कार्ड र नागरिकताको प्रतिलिपी पनि चाहिन्छ। पान नम्वर नहुनेले भने यस्तो कार्ड पाउँदैनन्। यदि सो बैंकमा आफ्नो खाता नभएको खण्डमा भने खाता खोल्नका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्नुपर्छ ।

फाराम भरिसकेपछि बैंकले आवश्यक प्रक्रियापछि तपाईलाई इमेलमार्फत् कार्डको विवरण पठाउँछ । विवरणमा कार्डको नम्बर, कार्ड प्रयोगकर्ताको नाम, कार्डको कोर्ड र म्याद समाप्त हुने मिति हुन्छ । जुन विवरणलाई सुरक्षित राख्नुपर्दछ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top