२०८१, ७ बैशाख शुक्रबार

मेरो माइक्रोफाइनान्सको शाखा विस्तार

डबली खबर     श्रावण २१ २०७८ ०६:०१

mero microfinance
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले काठमाण्डौंस्थित सितापाइलामा मंगलबारदेखि सितापाइला शाखा विस्तार गरेको छ ।

संस्थाका सञ्चालक समितिका अध्यक्ष सञ्जिब मानन्धरले एक समारोह बीच सितापाइला शाखा कार्यालय उद्घाटन गरेका हुन् ।

दुर्गम तथा ग्रामिण भेगहरुका साथै शहरी क्षेत्रमा आफ्नो उपस्थिति दरिलो र प्रभावकारी बनाउने क्रममा शाखा सञ्चालनमा ल्याएको संस्थाका सञ्चालक समितिका अध्यक्ष मानन्धर बताए । उनले लघुवित्त कार्यक्रमले स्थानीय श्रोत साधन र सीपको अत्यधिक उपयोग गरी नागरिकहरुलाई उत्पादनशिल कार्यमा संलग्न गराई ब्यवसायिक क्रियाकलापमा लगाउन लघुवित्तले सहयोग पु-याउने समेत विश्वास ब्यक्त गरे ।

माइक्रोफाइनान्सको नयाँ शाखा विस्तारसंगै ६१ जिल्लामा १३० शाखा कार्यालय पुगेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top