२०८१, १३ बैशाख बिहीबार

संगम सहकारीको मोबाईल बैंकिङ एप सञ्चालनमा

डबली खबर     भाद्र १४ २०७८ १४:२३

Sangam Smart App
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – संगम बचत तथा ऋण सहकारी संस्थाले मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । विदुर नगरपालिका-४ बसपार्क रोडस्थित संगम प्लाजामा रहेको सो संस्थाले आज आधुनिक बैंकिङ प्रणालीका विविध सेवाहरु समावेश भएको “संगम स्मार्ट एप”को प्रयोग गरी सदस्यहरुले धेरै किसिमका वित्तीय सेवा लिन सक्ने जानकारी गराएको छ ।

जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपानेले संगम स्मार्ट एपको उद्घाटन गर्दै सहकारीले नुवाकोट जिल्लामा पहिलोपटक मोबाइल बैंकिङ सेवा भित्र्याई प्रविधिमा फड्को मारेको बताए । उनले सहकारीले प्रविधिमा अगुवाई संस्थाको रुपमा स्थापित गरेको बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक नुवाकोटका समन्वय समितिका संयोजक बैकुण्ठ मिश्रले महामारीको समय सहकारीले सञ्चालनमा ल्याएको मोबाईल बैंकिंङ एप डिजीटल प्रविधिको माध्यमबाट कारोबार गर्दा समयको बचत हुने, सुरक्षा पनि हुनुको साथै सजिलो रुपमा घरमै बसी संगम सहकारीको सेवा प्रयोग गर्न सकिने प्रविधि नुवाकोटमा पहिलोपटक भित्र्याएकोमा खुशी व्यक्त गरे । मोबाईल बैंकिंङको प्रविधिमा सदस्यहरुलाई संग्लन गराउने, प्रविधि र वैज्ञानिक रुपमा अगाडी बढाउन सहकारीले सूचना प्रविधिलाई व्यवस्थित गर्नुपर्ने छ। प्रत्यक्ष रुपमा मोबाईल बैंकिंङ एपले प्रविधिको पहुँचमा नभएका सहकारीको सदस्यहरुलाई पनि समेट्नुपर्ने छ। प्रविधिको युगमा बैंकिंङ प्रविधिलाई कसरी सुरक्षित भरपर्दो र वैज्ञानिक रुपमा अगाडी बढाउनुपर्ने हो त्यसमा ध्यान दिनु जरुरी रहेको बताए ।

संस्थाका अध्यक्ष नारायण श्रेष्ठले सदस्यहरुले सुरक्षित, सरल र भरपर्दो तरिकाले पेपरलेस आर्थिक कारोबार गर्नको लागि आफ्ना शेयर सदस्य र सदस्यहरुलाई सहजता प्रदान गर्न र अहिलेको विषम परिस्तिथिमा पनि सहजरुपमा कारोबार गर्नको लागि संगम स्मार्ट एप शुभारम्भ गरेको बताए । सहकारीको रजतजयन्ती मनाउनेक्रममा मोबाइल बैंकिङ एपको पहुँतालाई मध्यनजर गर्दै सहकारीले सदस्यता प्राविधिक साक्षरता कार्यक्रम पनि गरिने जानकारी गराए ।

आधुनिक बैंकिङ अन्तर्गत इन्टरनेट बैंकिङ, बीमा भुक्तानी, बैंक, हवाई टिकट र लघुवित्तको खाताबाट खातामा रकम जम्मा गर्न र अन्तर बैंक भुक्तानी गर्न सकिने सहकारीका कोषाध्यक्ष तथा सूचना प्रविधि उपसमितिका संयोजक दिनेशकुमार श्रेष्ठले जानकारी दिए । संगम बचत तथा ऋण सहकारीमा खाता सञ्चालन गरी ग्राहकहरुले मोबाईल नं. रजिस्टर गरी सजिलो रुपमा यो सेवा लिन सकिने र इन्टरनेट बैंकिङमा संगमको बचत खाता र कर्जा खाताको विवरण, चेक रिक्वेस्ट, फण्ड ट्रान्सफर, मोबाईल, टिभी, इन्टरनेट, विद्युत, खानेपानी र टेलिफोन महसुल भुक्तानीलगायत सेवा उपलब्ध हुने बताए ।

संगम स्मार्ट एपमार्फत २६ वटा बाणिज्य बैंक, १६ वटा विकास बैंक र ८ वटा फाईनान्स कम्पनीहरुमा अन्तर बैंक कारोबार गर्न सकिने सहकारीका व्यवस्थापक अजय थापाले जानकारी दिए । अहिले एन्ड्रोइड प्रयोगकर्ताको लागि गुगल प्ले स्टोरमार्फत “संगम स्मार्ट एप” डाउनलोड गरी उक्त सेवा लिन सकिने सदस्यहरुमा सहकारीका व्यवस्थापक अजय थापाले जानकारी दिए साथै आईओएस प्रयोगकर्ताको लागि “एमडबली” मार्फत पनि सहकारीको मोबाईल बैंकिङको सुविधा लिन सकिने छ ।

कोभिड-१९ महामारीका समयमा प्रविधि प्रयोगमार्फत सदस्यहरुको वित्तीय आवश्यकता पूरा गर्न र प्रविधिमैत्री वित्तीय सेवालाई प्राथमिकता दिने उद्देश्यसहित प्रविधि प्रयोगमा जोड दिइएको सहकारीले जनाएको छ । सहकारीले पहिलो एकसय जनालाई मोबाइल बैंकिङ एप प्रयोगकर्तालाई बैंकिङ कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने बताईएको छ । साथै एपमार्फत कारोबार गर्दा मासिक रुपमा क्यासब्याकमा प्राप्त रकम मासिक रुपमामा खातामा जम्मा गर्ने छ ।

संगम सहकारीले सहकारीतर्फ नुवाकोटमा पहिलोपटक मोबाइल बैंकिङ सेवा सुरु गरेको हो । हाल सहकारीमा ६७५ सय शेयर सदस्य रहेको जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top