२०८०, १६ चैत्र शुक्रबार

एभरेष्ट बैंकले २ अर्ब रुपैयाँ बराबरका ऋणपत्र जारी गर्दै

डबली खबर     श्रावण १३ २०७८ १७:२९

Everest bank nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – एभरेष्ट बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ८ वर्षे अवधिको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ नामक ऋणपत्र जारी गर्न लागेको हो ।

सो मात्राको ऋणपत्र जारी गर्न बैंकले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

उक्त नियुक्ति सम्बन्धी सम्झौतामा बैंकको तर्फबाट कम्पनी सचिव सुरेश चापाँगाई र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धकसचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेको हो । बैंकको ऋणपत्रमा वार्षिक ८.५ प्रतिशत ब्याजदर पाइने छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top