२०८१, १४ बैशाख शुक्रबार

रक्तसञ्चार सेवा दिवसमा रक्तदान

डबली खबर     श्रावण १२ २०७८ १६:५३

blood donation nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – नेपालमा रक्तसञ्चार सेवा स्थापना दिवस आज ‘सुलभ, गुणस्तरीय र मर्यादित सेवा: नेपालको रक्तसञ्चार सेवा’ भन्ने मूल नाराका मनाइएको छ । यसै अवसरमा नेपाल रेडक्रस सोसाइटी नुवाकोट रक्तसञ्चार केन्द्रले रक्तसञ्चार सेवा स्थापनाकाे ५५ औँ वार्षिकोत्सव रक्तदान कार्यक्रम गरी मनाइएको छ ।

नेपाल रेडक्रस सोसाइटी (नेरेसो) नुवाकोट रक्तसञ्चार केन्द्रको आयोजनामा गरिएको बृहत रक्तदानमा १७ जना रक्तदाताहरुले रक्तदान गरेको ब्लड अन रिक्वेस्ट इन नुवाकोटका संयोजक मच्छिन्द्रनरसिंह प्याकुरेलले जानकारी दिए ।

नेरेसो स्थापना भएको तीन वर्षपछि अर्थात् वि.सं २०२३ साल साउन १२ गते नेपाल रेडक्रस रक्त सञ्चार सेवा केन्द्रको सञ्चालन प्रारम्भ भएको थियो । दिवसकै अवसरमा केन्द्रीय रक्तसञ्चार सेवाले साउन १ देखि १२ गते सम्म आयोजित विशेष रगतसंकलन कार्यक्रम अन्तरर्गत विभिन्न संस्थाहरुको सहयोगमा ९१२ जनाले रक्तदान गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटीले काठमाडौंमा केन्द्रीय रक्तसञ्चार सेवाको अलावा विराटनगर, भरतपुर, पोखरा, नेपालगंज र धनगढी गरी ५ स्थानमा प्रदेश रक्त सञ्चार सेवा संचालन गरीरहेको छ । यसैगरी २२ जिल्लामा जिल्ला स्तरीय, विभिन्न जिल्लाको ४१ स्थानबाट आकस्मिक रक्त सञ्चार सेवा प्रदान गरिएको छ । विभिन्न ४९ वटा अस्पतालबाट पनि रक्त सञ्चार सेवा प्रदान भइआएको छ । नेपालको ७० जिल्लाका ११७ स्थानमा रक्त सञ्चार सेवा केन्द्र तथा एकाइहरू क्रियाशिल छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top