+
Search

ताजा अपडेट +

पपुलर +

दुप्चेश्वरमा पहिरोले तीन घरमा पूर्ण क्षति, एक गम्भीर घाइते, १५ घर उच्च जोखिममा

diester flood in Dupcheshwor Nuwakot
डबली खबर
४ साल अगाडी

नुवाकोट – पहिरोले दुप्चेश्वर गाउँपालिका वडा नं.७ शिखरबेंशीका तीन घरमा पूर्ण क्षति भएको छ। बुधबार बिहान ९:४५ बजे गएको पहिरोले तीनवटा घरमा क्षति भएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योबिन्द्रसिंह तामाङले जानकारी दिए।

वडा नम्बर ७ को पहरोमुनि भन्ने ठाउँमा गएको पहिरोमा परी रामचन्द्र नेपाली, विष्णु नेपाली र शान्ता दमाईको घर पूर्ण रुपले क्षति भएको छ। पहिरोमा परी बिष्णु नेपालीको १६ वर्षीय छोरी अस्मिता नेपाली गम्भीर घाइते भएकी छिन् भने बाँकी दुई जनाको सकुशल उद्धार गरिएको छ। घाइते अस्मिताको गम्भीर अवस्था भएकाले थप उपचारार्थ काठमाडौं पठाइएको अध्यक्ष तामाङले बताए । पहिरोमा परी दुई वटा खसीको मरेको छ भने एक भैंसी घाइते भएको छ।

गाउँपालिकाका अध्यक्ष तामाङका अनुसार पहिरोले थप १५ वटा घर समेत उच्च जोखिममा परेको छ। जोखिममा परेका घरलाई तत्काल उद्धारका प्रयास गरिएको उनले बताए। गाउँपालिकाबाट इन्जिनियरसहितको प्राविधिक टोली खटाइसकिएकोछ, सम्भावित क्षतिको अनुगमन पश्चात् भोलिनै स्थान्तरणका कार्यक्रम समेत गर्न हामी तयारीमा रहेको अध्यक्ष तामाङले बताए ।

पहिरो गएको स्थानमा गाउँपलिकाका अध्यक्षसहितको जनप्रतिनिधि टोलीले बुधबार नै अनुगमन समेत गरेको छ। पहिरोमा परि घरबास गुमाएका पिडित परिवारलाई राहतका सामग्री वितरण गरेको छ। गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीमार्फत पहिरो पीडितहरुलाई खाद्यान्न,भाँडाकुँडा, लत्ताकपडा लगायतका सामग्रीहरु वितरण गरि सुरक्षित बासस्थानको ब्यवस्थापन समेत गरिएको गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ