२०८१, ११ बैशाख मंगलवार

नुवाकोटका दुई नगरपालिकाले बजेट बुझाएन

डबली खबर     श्रावण ६ २०७८ ०९:१७

local level budget nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पटकपटक ताकेता गर्दा पनि नुवाकोटका दुई नगरपालिका र एक गाउँपालिकाले अझै बजेट विवरण बुझाएका छैनन् ।

मन्त्रालयमा बजेट पठाउनुको साथै स्थानीय तहहरुलाई आधिकारिक वेबसाइटमा राख्न असार १० गतेनै निर्देशन गर्दा अटेर गरी बजेट पेश गरेका छैनन् ।

बजेट विवरण पेश नगर्नेमा नुवाकोटका विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र ककनी गाउँपालिकाले मन्त्रालयमा बजेट बुझाएका छैन । बजेट विवरण पेश गर्नेमा किस्पाङ गाउँपालिका, तादी गाउँपालिका, तारकेश्वर गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, पञ्चकन्या गाउँपालिका, म्यागङ गाउँपालिका, लिखु गाउँपालिका, शिवपुरी गाउँपालिका र सुर्यगढ़ी गाउँपालिका रहेका छन् ।

मुलुकभरका ५८७ स्थानीय तहले मात्र बजेट विवरण बुझाएका छन् । बागमती प्रदेशका २२ स्थानीय तहले बजेट विवरण नबुझाएको मन्त्रालयको प्रविष्ट रहेको छ ।

मन्त्रालयका अनुसार स्थानीय तहको आर्थिक वर्ष ०७८/७९ बजेट पेश भएको बजेट विवरण मन्त्रालयमा प्रविष्ट गर्न पटकपटक पत्राचार गर्दा पनि विवरण नबुझाएको जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top