२०८०, १५ चैत्र बिहीबार

नुवाकोटका दुई नगरपालिका र चार गाउँपालिकाले बजेट विवरण बुझाएनन्

डबली खबर     असार १६ २०७८ १४:२३

nuwakot budget 2078
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ताकेता गर्दा पनि नुवाकोटका ६ स्थानीय तहलगायत देशभरका ४१४ स्थानीय तहहरुले बजेट विवरण बुझाएका छैनन् ।

मुलुकभरका ३३९ स्थानीय तहले मात्र बजेट विवरण बुझाएका छन् । बागमती प्रदेशका ६३ स्थानीय तहले बजेट विवरण नबुझाएको मन्त्रालयको प्रविष्ट रहेको छ ।

मन्त्रालयका अनुसार स्थानीय तहको आर्थिक वर्ष ०७८/७९ बजेट पेश भएको बजेट विवरण मन्त्रालयमा प्रविष्ट गर्न यसअघिनै पत्राचार गर्दा पनि विवरण नबुझाएको हुनाले बुधबार पुन:विवरण बुझाउनको लागि पत्राचार गरिएको जनाएको छ ।

बजेट विवरण पेश गर्नेमा नुवाकोटका छ गाउँपालिका मात्र रहेका छन् । बजेट विवरण पेश गर्नेमा किस्पाङ, तादी, पञ्चकन्या, म्यागङ, लिखु र सुर्यगढ़ी गाउँपालिका रहेका छ ।

नगरपालिकातर्फ विदुर र बेलकोटगढी दुवै पालिकाले बजेट विवरण पेश गरेका छैनन् । यस्तै, गाउँपालिकातर्फ ककनी, तारकेश्वर, दुप्चेश्वर र शिवपुरी गाउँपालिकाले पनि अझै बजेट विवरण पेश गरेका छैनन् ।

मन्त्रालयमा बजेट पठाउनुको साथै स्थानीय तहहरुलाई आधिकारिक वेबसाइटमा राख्न असार १० गतेनै निर्देशन गर्दा अनि अटेर गरी वेबसाईट अद्यावधिक गरेका छैनन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top