२०८१, १२ बैशाख बुधबार

राष्ट्रिय युवा संघ नुवाकोटद्वारा वृक्षारोपण

डबली खबर     असार २३ २०७८ १८:४७

National Youth Federation Nepal Nuwakot Plantation dabali khabar
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – बृहत राष्ट्रिय वृक्षारोपण कार्यक्रम २०७८ अन्तर्गत बुधबार राष्ट्रिय युवा संघ नेपाल नुवाकोट जिल्ला कमिटीले वृक्षारोपण गरेको छ ।

विदुर नगरपालिका-१० गेर्खुटारको मनमोहन स्मृति पार्कमा बेल, चाप, कागती, सिसौ, रुख कटर र तेजपत्ताका करिब ५ सय बिरुवा वृक्षारोपण गरिएको संघका जिल्ला अध्यक्ष एवं केन्द्रिय सचिवालय सदस्य प्रज्वल सापकोटाले जानकारी दिए ।

वृक्षारोपण कार्यक्रममा संघका महासचिव रमेश आचार्य, सचिव एवं बागमती प्रदेश संगठन कमिटी सह–ईन्चार्ज महाराजा गुरुङ, नेकपा (एमाले) राष्ट्रिय प्रतिनिधि परिषद सदस्य बिन्दा ढुङ्गाना, विदुर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष शिवकुमार चित्रकारलगायतका स्थानीय नेता कार्यकर्ताको सहभागितामा वृक्षारोपण गरिएको जिल्ला अध्यक्ष सापकोटाले जानकारी दिए ।

राष्ट्रिय युवा संघ नेपालले असार १७ गतेदेखि साउन ७ गतेसम्म देशव्यापीरुपमा वृक्षारोपण कार्यक्रम तय गरेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top