२०७९, ५ जेष्ठ बिहीबार

मनिषा कोइरालाद्वारा “एक-एक पाइला”लाई सहयोग

डबली खबर     असार २२ २०७८ २०:२४

manisha koirala ek ek paila foundation
nuwakot trishuli graphic web media service 2020

काठमाडौं – चर्चित अभिनेत्री मनिषा कोइरालाले “एक एकपाइला फाउन्डेसन”लाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । उनीले एक कार्यक्रममार्फत् फाउन्डेसनलाई सहयोग हस्तान्तरण गरेकी हुन् ।

सहयोग स्वरुप उनले फाउन्डेसनलाई २० थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएकी छिन् ।कोभिड-१९ को महामारी रोकथाम तथा नियन्त्रणको लागि बीएपीएस यूकेको सहयोगमा उक्त सामाग्री उनीले एक एक पाइलालाई गरेकी हुन् ।

एक-एक पाइला नेपालमा स्वयम्सेवकहरूको एक समूहको  हो । यसको उद्देश्य नेपालका दुर्गम ग्रामीण क्षेत्रका जनतालाई निःशुल्क स्वास्थ्य सेवाहरू प्रदान गर्नु हो ।

हाल फाउन्डेशनले थापाथली, काठमाडौंमा रहेको सिटी क्लिनिकमार्फत सेवा सञ्चालन गरिरहेको छ  । एक एक पाइलामार्फत नियमित मेडिकल सुविधाहरूको अभाव हुने ठाउँमा औषधि र चिकित्सा उपकरणहरूको निःशुल्क वितरण गरिँदै आईरहेको छ ।

सहयोग प्राप्त उक्त सामाग्री एक एकपाइलाको रहोबरमा देशका विभिन्न दुर्गम जिल्लाहरुमा पठाइने छ । त्यसको सूची निम्नाअनुसार छ ।

रोल्पा जिल्ला अस्पताल

हुम्ला जिल्ला अस्पताल

रसुवा जिल्ला अस्पताल

डोल्पा जिल्ला अस्पताल

बाग्लुङ बुर्तिवाङ प्राथमिक केन्द्र

बर्दिया कोविड हस्पिटल

गुल्मी कोविड हस्पिटल मालिका

सप्तरी कृति सामुदायिक अस्पाताल

बैतडी केशरपुरी प्राथमिक स्वास्थ्य केन्ऽ

प्युठान विग्री प्राथमिक स्वास्थ्य केन्ऽ

कालिकोट रास्कोट अस्पताल

तेह्रथुम फेदाद अस्पताल

मुगू रातापानी प्राथमिक स्वास्थ्य केन्द्र

धनकुटा डाडापानी प्राथमिक स्वास्थ्य

धनकुटा जितपुर  प्राथमिक स्वास्थ्य केन्द्र

ओखलढुङा लिखु नगरपालिका

उदयपुर ताप्ली आधारभुत अस्पताल

बाजुरा खप्तड श्री स्वास्थ्य केन्द्र

ताप्लेजुङ् धुम्सा स्वास्थ्य केन्द्र

पूर्वी रुकुम जिल्ला अस्पताल

Diyo Pathshala Montessori
Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top