२०८०, १६ चैत्र शुक्रबार

टीभीएसको ‘साथ छ हाम्रो’ योजना

डबली खबर     असार २० २०७८ १५:२२

tvs motorcycle scheme
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – नेपालमा टीभीएस टु–ह्वीलर्सको लागिएकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘साथ छ हाम्रो’ योजना ल्याएको छ । यस योजना अन्तर्गत टीभीएसको कुनैपनि मोटरसाइकल वा स्कुटरको खरिदमा ८ हजार पक्कापक्की डिस्काउन्टको व्यवस्था गरिएको छ । यसैगरी किस्ताबन्दीमा मोटरसाइकल वा स्कुटर किन्न इच्छुक व्यक्तिहरुको लागि सिमित अवधिसम्म ०% ब्याजदरको समेत विशेष सुविधा रहेको छ ।

आउँदो केहि समयमा नयाँ आर्थिक बर्षको सुरुवात र कर प्रणालीमा वृद्धि जस्ता कारणले मोटरसाइकल र स्कुटर दुवैको दाम बढ्ने सम्भावना ज्यादा रहेकोले पुरानै र सस्तो मुल्यमा नयाँ साधन किन्ने यो योजना अन्तिम अवसर रहेकाले पनि ग्राहकमा यो योजना निकै नै आकर्षक रहेको कम्पनीको दावी छ । यस योजना देशका सम्पूर्ण टीभीएस स्वरुमहरुमा लागु हुने पनि कम्पनीले जनाएको छ ।

टीभीएसका सम्पूर्ण मोटरसाइकल वा स्कुटरमा ५ बर्षको वारेन्टी रहेको छ र आफ्नो गुणस्तरीय सेवा, सुविधा र पाठपुर्जाको उपलब्धता कारण पनि नेपाली अटोमोबाइल प्रेमीमाझ टीभीएस एउटा भरपर्दो नाम बनिसकेको छ । टीभीएसले समय अनुरुप ग्राहकको आवश्यकता र परिस्थिति अनुसार समय–समयमा बिभिन्न योजना तथा एक्सचेन्ज कार्यक्रमहरु समेत गर्दै आइरहेको टीभीएसले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top