२०८१, १३ बैशाख बिहीबार

राष्ट्रिय सञ्चारगृहका जिल्ला प्रतिनिधिलाई न्युनतम पारिश्रमिक देउ: नुवाकोट पत्रकार

डबली खबर     असार १७ २०७८ ०५:२७

Minimum Wage Determination Committee meet with Nuwakot Journalist
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – राष्ट्रिय सञ्चारगृहमा जिल्ला प्रतिनिधिको रुपमा कार्यरत पत्रकारहरुको पारिश्रमिक उपलब्ध गराईदिन नुवाकोटका पत्रकारहरुले न्युनतम पारिश्रमिक निर्धारण समितिलाई अनुरोध गरेको छ ।

बुधबार न्युनतम पारिश्रमिक निर्धारण समितिले सदरमुकाम विदुरमा आयोजना गरेको “श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन र जिल्लाको अवस्था” विषयक अन्तरक्रियामा नुवाकोटका पत्रकारहरुले उक्त अनुरोध गरिएको हो । आधा दर्जनभन्दा बढी पत्रकारहरु राष्ट्रिय सञ्चारगृहमा जिल्ला प्रतिनिधिको रुपमा कार्यरत रहेतापनि एकाधले मात्र नियुक्ति पत्रको साथ पारिश्रमिक पाईरहेको अवस्था रहेको छ ।

आफु कार्यरत सञ्चारगृहमा श्रमजीवि पत्रकार ऐन कार्यान्वयनको अवस्था बारे जानकारी लिन गरिएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ध्रुवकुमार रावलले कोभिड-१९ को सङ्क्रमणको जोखिम फैलन नदिन सरकारले लगाएको निषेधाज्ञाका कारण जिल्लामा सञ्चालनमा रहेका सञ्चारगृह र पत्रकारहरुको आम्दानी तथा तलबमा समस्या रहेको बताए । नुवाकोटमा कार्यक्षेत्र बनाई वार्षिक करौडौं मुनाफा आर्जन गर्ने बैंक तथा वित्तीय संस्थाहरुले जिल्लाका सञ्चारगृहलाई विज्ञापन नदिई रहेको अवस्थालाई कार्यान्वयनमा ल्याउनपर्ने धारणा व्यक्त गरे । उनले केहि पत्रकारहरुले पारिश्रमिक नपाएकै कारण राष्ट्रिय मिडियामा कार्य गर्ननै छाडेकोमा यसतर्फ न्युनतम पारिश्रमिक निर्धारण समितिलाई ध्यानाकर्षण गराए ।

कार्यक्रममा समितिका बोर्ड सदस्य गोपाल तिवारीले कोभिड-१९ को संक्रमणकालीन अवस्थामा नुवाकोटमा पत्रकारिता क्षेत्रमा परेको असरहरुको बिषयमा टिप्पणी गरेका थिए । उनले न्यूनतम पारिश्रमिक निर्धारण समिति सदैब पत्रकारको हितमा रहेको बताए ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनालले जिल्लामा सञ्चालित सञ्चारगृहमा न्युनतम पारिश्रमिक र नियुक्ति पत्रको अभ्यास नभएको जानकारी गराए ।

जिल्ला शाखा नुवाकोटका उपाध्यक्ष नवादिप श्रेष्ठ, कोषाध्यक्ष सुनिल बिस्ट, नुवाकोट सन्देश साप्ताहिकका सम्पादक श्रीराम नेपाललगायतले जिल्लामा सञ्चालित सञ्चारमाध्यमको स्थायित्व जोगाई राख्न र त्यसमा कार्यरत पत्रकार तथा सञ्चारकर्मीको पारिश्रमिक सुरक्षित राख्नको लागि स्थानीय तह तथा सरकारी कार्यालयहरुले दिईने विज्ञापनलाई समानता ढङ्गले उपलब्ध गराउनमा पहल गरिदिन न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई ध्यानाकर्षण गराएका छन् ।

नेपाल फोटो पत्रकार महासंघ नुवाकोटका उपाध्यक्ष तथा डबली खबरका सम्पादक सुनिल श्रेष्ठले प्रेस काउन्सिलमा सुचिकृत अनलाईन पत्रिकालाई स्थानीय तह र सरकारी कार्यालयबाट सञ्चारगृहलाई प्रदान गरिने विज्ञापनलाई रेडियो, पत्रपत्रिका सरह नै उपलब्ध गराउनुपर्ने धारणा राखेका थिए ।

समितिको नीति तथा कार्यक्रम, भावी योजना निर्माण र सञ्चारकर्मी एवं सञ्चारगृहको विकासको लागि समितिले गर्न सक्ने कार्यको बारेमा सुझाव संकलनको लागि समितिका सदस्यहरु नुवाकोट आएका हुन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top