+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोट प्रहरीलाई पिकअप भ्यान र मोटरसाइकल

keshav pandey handover two vehicles to nuwakot police
डबली खबर
५ साल अगाडी

विदुर – बागमती प्रदेश सरकारले जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई शान्ति सुरक्षा तथा भरपर्दो सेवा गर्ने उद्देश्यले एउटा पिकअप भ्यान र दुई थान मोटरसाइकल उपलब्ध गराएको छ ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डेले नुवाकोट प्रहरीलाई सरकारले उपलब्ध गराएको उक्त सवारीसाधनहरु प्रदान गरेका हुन् ।

प्रहरीलाई छिटो, सरल र पारदर्शी रुपमा सेवा गर्न सुविधा पुगेको नुवाकोट प्रहरीले जनाएको छ ।

यस्तै, बागमती प्रदेश प्रहरी कार्यालयको पहलमा बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत १२ वटा गाडी तथा १६ वटा मोटरसाईकल बागमती प्रदेश अन्तर्गतका नुवाकोट लगायत बिभिन्न प्रहरी ईकाईहरुलाई हस्तान्तरण गरिएको बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमारले बताए ।

प्रहरी संगठनका क्षमता अभिवृद्धि गर्नका लागि ३ करोड ८० लाख ७३ हजार रुपैयाँमा पिकअप भ्यान र मोटरसाइकल खरिद गरेर प्रदेश प्रहरी प्रमुखलाई उपलब्ध गराएको आन्तरिक मामिला तथा काननु मन्त्रालय सचिव मदन भुजेलले बताए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ