२०८०, १६ चैत्र शुक्रबार

मदन भण्डारी जयन्तीमा रक्तदान

डबली खबर     असार १४ २०७८ १४:१५

madan bhandari foundation blood donation program in nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – मदन भण्डारी फाउन्डेसन नुवाकोटले जननेता मदन भण्डारीको ७० औं जन्मजयन्तीमा रक्तदान कार्यक्रम गरी मनाएको छ ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पसको प्राङ्गणमा भएको रक्तदानमा ३३ युनिट रगत सङ्कलन भएको फाउन्डेसनका अध्यक्ष विन्दा ढुंगानाले जानकारी दिईन् ।

रक्तदानमा राष्ट्रिय युवा संघ, आखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन र आखिल नेपाल महिला संघको सहआयोजना रहेको थियो । नेपाल रेडक्रस सोसाईटी नुवाकोटको सहयोगार्थ रहेको थियो ।

कोरोना (कोभिड-१९) रोकथामका लागि सरकारले लागू गरेको निषेधाज्ञाको कारण रगतको अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै मदन भण्डारीको जन्म जयन्तिको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको फाउन्डेसनले जनाएको छ । रगतको अभावमा मृत्युसँग लडिरहेका विरामीको लागि रक्तदानले जीवनदान दिने पनि जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top