२०८०, ५ आश्विन शुक्रबार
social securities awareness bidur municipality

श्रमजीवी पत्रकारका समस्याबारे बागमती प्रदेशस्तरीय ‘भर्चुअल’ कार्यक्रम

डबली खबर     असार ११ २०७८ १७:१४

press virtual meeting bagamati
pratik book and stationery center in nuwakot

नुवाकोट – प्रेस काउन्सिल नेपालको आयोजनामा कोरोना (कोभिड–१९) महामारीमा पत्रकार र सञ्चारमाध्यमको अवस्था र आचारसंहिता पालनाको सम्बन्धमा बागमती प्रदेशस्तरीय ‘भर्चुअल’ कार्यक्रम आज सम्पन्न भएको छ ।

कार्यक्रममा स्वास्थ्य जोखिममा राखेर कार्यक्षेत्रमा खटिने पत्रकारको सुरक्षाका लागि कोरोना खोप दिनुपर्ने, पत्रकारलाई आर्थिक सहयोग गर्नुपर्ने, काउन्सिलले प्रदान गर्ने राहत बढाउनुपर्ने, अनलाइनलाई लोक कल्याणकारी विज्ञापनका लागि पहल गर्नुपर्ने, प्रेस पासको व्यवस्था जिल्लाबाटै हुनुपर्ने, पत्रपत्रिका वर्गीकरणको नतिजा समयमै सार्वजनिक गर्नुपर्ने लगायतका विषय उठेको थियो ।

कार्यक्रममा अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिल पत्रकारको साथमै रहेकाले सातवटै प्रदेशबाट सुझाव सङ्कलन गरी प्रतिवेदन बनाएर छिट्टै पत्रकारको पक्षमा निर्णय गरिने जानकारी दिए । उनले पत्रपत्रिका वर्गीकरणको नतिजा समयमै सार्वजनिक गर्ने, लोककल्याणकारी विज्ञापनको रोकिएको रकम निकासाका लागि सम्बन्धित निकायलाई घच्घच्याउने, लेखनवृत्तिमार्फत पत्रकारलाई दिइदैँ आएको सुविधा बढाउने, बिरामी पत्रकारको उपचारार्थ औषधोपचारमा सहयोग गर्ने जानकारी दिए । अध्यक्ष बस्नेतले राज्य र समाजमा सकारात्मक सञ्चार गर्ने निकाय आफैँ जिम्मेवार र मर्यादित बन्नुपर्ने भन्दै स्वच्छ पत्रकारिताको विकासमा लाग्न आग्रह गरे ।

कार्यक्रम संयोजन गर्दै काउन्सिल सदस्य चिरञ्जीवी मास्केले प्रदेशभरका पत्रकार र सञ्चारमाध्यमको अवस्था, समस्या र चुनौती, पत्रकार आचारसंहिताको कार्यान्वयन, लोककल्याणकारी विज्ञापन तथा पत्रपत्रिका वर्गीकरणका सम्बन्धमा जानकारी लिन कार्यक्रम राखिएको जानकारी दिए । श्रमजीवी पत्रकारलाई महामारीको समयमा रोजगारीबाट निकाल्ने, तलब नदिनेजस्ता गतिविधि एकातर्फ र अर्कोतर्फ विज्ञापनको भुक्तानी समयमा नहुँदा मिडिया हाउस समस्यामा परेको बताए । सदस्य मास्केले पत्रकारलाई राहत मिल्ने खालको कार्यक्रम ल्याउन काउन्सिलले पहल गर्ने प्रतिवद्धता जनाए ।

प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालले पत्रकारका समस्या समाधान गर्न र आवश्यक नियमन गर्न काउन्सिल सधैँ तयार रहेको भन्दै काउन्सिलले प्रदान गर्ने सेवा, सुविधाबारे जानकारी दिए । नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटाले काउन्सिलले गर्ने यस्ता कार्यक्रमबाट पत्रकारको पेशागत शुद्धता, क्षमतामा वृद्धि भइ एवं पेसागत मर्यादा कायम रहने विश्वास व्यक्त गरे।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top