२०८०, १६ चैत्र शुक्रबार

नेपाल बैंकमा दाहाल

डबली खबर     असार ९ २०७८ १५:३५

NBL suman dahal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – नेपाल बैंकका नवनियुक्त सञ्चालक सुमन दाहालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । दाहालले असार ७ गते सञ्चालक समितिका अध्यक्ष मधुकुमार मरासिनीबाट शपथ लिएका हुन् ।

नवनियुक्त सञ्चालक दाहाल नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट बैंकको रिक्त रहेको सञ्चालक पदमा नियुक्त भएका हुन् । उनी अर्थ मन्त्रालयका सहसचिव पनि हुन् ।

शपथ ग्रहण पश्चात् अध्यक्ष मरासिनीले नवनियुक्त सञ्चालक दाहाललाई बैंकको सर्वोपरी हितमा सञ्चालक सदस्य सुमन दाहालको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गरे ।

नवनियुक्त सञ्चालक सदस्य दाहालले नेपाल बैंकको सञ्चालकको जिम्मेवारी निर्वाह गर्न पाएकोमा खुशी व्यक्त गर्दै आफूले बैंकको हितमा सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top