२०८१, १३ बैशाख बिहीबार

भाल्चेमा प्रहरी चौकी

डबली खबर     असार ९ २०७८ १५:०३

bhalche police office established in nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – किस्पाङ गाउँपालिकाको वडा नं. १ भाल्चेमा प्रहरी चौकी स्थापना गरिएको छ । यसअघि वडा कार्यालयसगैँ भाडाको घरमा प्रहरी चौकी रहेको थियो ।

यसअघि शान्तिबजार र फिकुरी गरेर किस्पाङ गाँउपालिका भित्र दुई स्थानमा प्रहरी चौकी भएपनि साल्मे र भाल्चेमा हुने अपराध नियन्त्रण, शान्ति सुरक्षा तथा नागरिकको जीवन रक्षा एंव अमनचयनको लागी भरपर्दो प्रबन्ध नभएको गुनासो आएकाले भाल्चेमा प्रहरी चौकी स्थापना गरिएको प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी चौकी किस्पाङ भाल्चेमा प्रहरी हबल्दारको नेतृत्वमा पाँच जना प्रहरी परिचालन गरिएको छ । 

नेपाल सरकार मन्त्रिपरिषद्ले २०७६ साल असोज ७ गतेको निर्णयानुसार जिल्ला प्रहरी कार्यालय मातहतमा रहने गरी प्रहरी चौकी स्थापना गर्न अनुमति भएपनि २१ महिनापछि कार्यालय स्थापना भएको किस्पाङ गाउँपालिकाको अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top