sujim bazar advert

सरस्वतीलाई सुनियोजित रुपमा फसाएको नेवाःदबूको आरोप

डबली खबर     असार ९, २०७८

Sizen Education Consultancy Pvt. Ltd.

rupa sunar saraswati pradhan caste issue
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

काठमाडौं – नेवा समुदायको छाता संगठन नेवाः देय् दबूले रुपा सुनारले सरस्वती प्रधानले जातीय आधारमा घर भाडामा नदिएको भन्ने आरोपलाई सुनियोजित भनेको छ ।

नेवाः देय दबू जिल्ला समिति काठमाडौंले प्रेस विज्ञप्ति जारी गरी घरधनीले जातीय विभेद गर्ने मनशाय नराखेको र प्रत्येक घरधनीलाई आफ्नो घर भाडामा दिँदा भाडामा बस्ने व्यक्तिको घर ठेगाना, पेशा, चालचलन तथा अन्य जानकारी सोध्ने अधिकार रहेको जनाएको छ ।

अध्यक्ष मचाराज महर्जनले जारी गरेको विज्ञत्तिमा भनिएको छ, ‘घरसल्लाह गरी खबर गर्छु भनेको र कुनै पनि करार वा बैना लिई सकेको अवस्था पनि नभएकोमा स्वयंले आफैं कामी भएर नदिने भनेको हो ? भन्दै आफू कुरा बढाएर फोन रेकर्ड गरी मिडियाकर्मी भन्दै शक्तिको दुरुपयोग गरी घरधनीलाई सुनियोजित रुपमा अतिरञ्जित गरेको देखिन्छ ।

दबूले सामाजिक सद्भावमा आँच आउने गरी सुनियोजित क्रियाकलाप भएको भन्दै प्रधानको पक्राउ गैरकानूनी भन्दै रिहाईको माग गरेको छ । नेवाः दबूले आफूहरु सबै खाले विभेदको विपक्षमा रहेको जनाएको छ ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top