२०८०, ६ आश्विन शनिबार
social securities awareness bidur municipality

सेयर बजारमा चलखेलसँगै बोर्डको छानविन, ५१ कम्पनीमा कर्नरिङ र सर्कुलर ट्रेड

डबली खबर     असार १ २०७८ १७:३८

SEBON
pratik book and stationery center in nuwakot

काठमाडौं – पछिल्लो समय सेयर बजारमा ठुलो चलखेल भएको भेटिएको छ । नेपाल धितोपत्र बोर्डले मंगलबार जारी गरेको एक अध्ययन प्रतिवेदनमा नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएका ५१ कम्पनीको सेयर मूल्यमा चलखेल गरी अत्याधिक रुपमा बढाईएको उल्लेख छ ।

अध्ययनअनुसार उक्त ५१ कम्पनीका सेयरमूल्यमा सेयर कर्नरिङ, सर्कुलर कारोबार लगायत भएको देखिएको हो । बोर्डले यी ५१ कम्पनीको मूल्य अत्याधिक बढाईएको आशंकामा १ बर्षभरी अध्ययन गरेको थियो ।

बोर्डले आफ्नो अध्ययनमा एक वर्षको अवधिमा कम्पनीको सेयर ३ सय प्रतिशत र सोभन्दा बढी मूल्य वृद्धि गरिएको भेटिको उक्त प्रतिवेदनमा उल्लेख छ । मूल्य आम्दानी अनुपात १ सयभन्दा बढी रहेका, प्रति सेयर आम्दानी ऋणात्मक भएका, प्रति सेयर अंकित मूल्यभन्दा प्रति सेयर नेटवर्थ कम भएका ५१ वटा कम्पनीहरुमा चलखेल भएको बोर्डको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top