२०८१, १३ बैशाख बिहीबार

वडा कार्यालयमा ताला

डबली खबर     असार ७ २०७८ १६:५०

panchakanya ward 2 office nuwakot lock
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – पञ्चकन्या गाउँपालिका वडा नं २ को वडा कार्यालयमा नेपाली कांग्रेसले तालाबन्दी गरेको छ। रहस्यमय तरिकाबाट चोरी भएको भनिएको सामाजिक सुरक्षा भत्ताको विषयमा हालसम्म पत्ता लगाउन नसकेको भन्दै वडा कार्यालयमा तालाबन्दी गरिएको हो ।

२०७७ साल चैत्र २४ गतेदेखि रहस्यमय तरिकाबाट चोरी भएको भनीएको सामाजिक सुरक्षा भत्ता हालसम्म पनि सेवाग्राहीलाई उपलब्ध नगराउनु र दोषी पत्ता लगाई कारबाही गर्न नसक्नु, अनुसन्धानमा वडा र पालिकाबाट असहयोग हुनु र जनप्रतिनिधि जनताप्रति उत्तरदायी नहुनुले घटना झन् झन् रहस्यमय भएकोले तत्काल सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन र दोसी पत्तालगाई कारबाही गर्न माग गर्दै तालाबन्दी गरेको नेपाली काङ्ग्रेसका स्थानिय नेता रामशरण श्रेष्ठले जानकारी दिए ।

वडा कार्यालयमा पाँच बुदेँ मागहरुसहित तालाबन्दी गरिएको छ ।

१) पञ्चकन्या गाउँपालिका वडा नं. २ को वडा कार्यालयबाट मिति २०७७ साल चैत्र २४ गते राती चोरी भएको भनिएका रहस्यमय घटनाको सत्य तथ्य तत्काल पत्ता लगाई अपराधीलाई कानुन बमोजिम कारवाही गर्न ।

२) सामाजिक सुरक्षा भत्ता हाल सम्म वितरण नगरी ज्येष्ठ नागरिक, अशक्त, असहाय, एकल महिला र बालबालिकाको बाच्न पाउने अधिकार सहितको सुविधा बञ्चित गरेकोले तत्काल सामाजिक सुरक्षा भत्ता वितरण गराउन ।

३) वडा र पालिकाको जिम्मेवार पदाधिकारीहरुले घटना लुकाउने, जनतालाई गुमराहमा राख्ने र अपराधीलाई पत्ता लगाउ तर्फ नलागी विभिन्न बहानाबाजी बनाई घटनालाई अन्यत्र मोडी दोषी उम्काउन खोजेकोले यो घटना अझै रहस्यमय भएको हाम्रो ठहर छ । तसर्थ तत्काल सम्बन्धी सबै निकायहरुलाई अनुसन्धान गरी कारबाही गर्न दवाव दिन ।

४) आज मिति २०७८ असार ६ गते लगाईएको ताला सामाजिक सुरक्षा भत्ता वितरण हुने ग्यारेन्टी नभएसम्म निरन्तर रहनेछ । यदी वडा, पालिका र प्रशासनले यो ताला जवर्जस्ती तादा खोले त्यसबाट उत्पन्न हुने जुनसुकै परिस्थितीको ५जिम्मेवार वडा, पालिका र प्रशासन हुनेछ ।

५) ज्येष्ठ नागरिक, असहाय अशक्त, एकल महिला र बालबालिकाको न्यायको लागि तालाबन्दीले गर्दा अन्य जनसमुदायमा पर्न गएको असुविधा प्रति नेपाली कांग्रेस, पञ्चकन्या गाउँपालिका वडा नं. २ कार्य समिति क्षमा प्रार्थी छौं ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top