२०८०, १५ चैत्र बिहीबार

आमसञ्चार गृह स्थानापनाको विरोध गर्दै मुख्यमन्त्रि पौडेललाई बुझायो पत्रकार महासंघले ज्ञापन पत्र

डबली खबर     असार ६ २०७८ १७:३५

gyapan patra fnj nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – बागमती प्रदेश सरकारले नीजि तथा सामुदायिक स्तरबाट सञ्चालित सञ्चारमाध्यमलाई उपहास गर्दै प्रदेश सरकारलेनै सञ्चारमाध्यम स्थापनार्थ बजेट विनियोजन गरेको प्रति नेपाल पत्रकार महासंघ नुवाकोटले विरोध जनाएको छ ।

आईतबार बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाबाट महासंघले बागमती प्रदेश मुख्यमन्त्रि डोरमणि पौडेललाई ज्ञापनपत्र बुझाउने क्रमबद्ध विरोधको कार्यक्रमअनुसार नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेब खनालले जिल्ला अधिकारी जीवनप्रसाद दुलालमार्फत ज्ञापनपत्र बुझाएका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटा र महासंघका केन्द्रीय सदस्य ध्रुवकुमार रावलको समेत उपस्थिती रहेको थियो ।

सञ्चारमाध्यमको प्रवर्धन र सञ्चारकर्मीहरुको हितमा बजेट ल्याउन माग गर्दै सरकार आफैले आम सञ्चारगृह सञ्चालन गर्ने निर्णय फिर्ता लिन माग गरेको छ । बाग्मती प्रदेशले गरेको उक्त निर्णय फिर्ता नभए महासंघ कडा आन्दोलनमा उत्रने ज्ञापनपत्रमा उल्लेख छ ।

मुलुकभर दर्ता भएका पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाईन सञ्चारमाध्यममध्ये बागमती प्रदेशभित्र ६६ प्रतिशत रहेको छ । नेपाल पत्रकार महासंघको कुल सदस्य संख्याको ४८ प्रतिशत बागमती प्रदेशभित्र छन् । अन्य प्रदेश सरकारले आमसञ्चार जगतको संरक्षण, प्रबर्द्धन तथा क्षमता अभिवृद्धिका लागि पुँजीगत अनुदानदेखि लोककल्याणकारी विज्ञापनका लागि समेत बजेट विनियोजन गरेको समयमा बागमती प्रदेशले भने त्यसको बिपरित लोकतन्त्र र वाक स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको महासंघ बागमती प्रदेशले जनाएको छ ।

बागमती प्रदेश सरकारले प्रदेश सरकारको नियन्त्रणमा रहने गरी आम सञ्चारमाध्यम स्थापना र सञ्चालन गर्न दश करोड बजेट विनियोजन गरेको छ । एकातर्फ जनताको सेवामा समर्पित हुनुपर्नेमा आफैं सञ्चार गृह खोल्नेतिर लाग्नुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने दिशामा प्रदेश सरकार अघि बढेको पत्रकार महासंघ बागमती प्रदेशले जनाएको छ ।

प्रदेशभित्रको सञ्चारमाध्यमको प्रवर्द्धन र सञ्चारकर्मीहरुको पेशागत सुरक्षा, क्षमता विकासको लागि प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा सम्बोधन गराउन पटकपटक प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको भएपनी त्यसको वास्ता नगरि बागमती प्रदेशले आफै मिडिया सञ्चालन गर्ने भन्दै बजेट बिनियोजन भएपछि चौतर्फि बिरोध सुरु भएको हो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top