२०७८, ८ आश्विन शुक्रबार

प्रदेश पत्रकार महासंघसंग सहकार्य गर्ने मन्त्री पाण्डेको प्रतिबद्धता

डबली खबर     असार १ २०७८ १५:०१

minister kesav pandey with journalist
tribhuwan trishuli secondary school admission open
bidur tax

हेटौंडा – बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री केशवराज पाण्डेले नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिसंग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रदेश महासंघ कार्यालय हेटौंडामा सोमबार भएको अन्तरक्रियामा मन्त्री पाण्डेले बागमती प्रदेश सरकार प्रदेश समितिसँग सहकार्य गरेर अघि बढ्ने बताएका हुन् । उनले आगामी आर्थिक बर्षको बजेटमा प्रदेश महासंघ र संचार क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि बजेट विनियोजन गर्ने बताए ।

उनले संचार क्षेत्रले गर्ने आलोचनाले सरकारका कामलाई सुधार्ने मौका दिने भएकाले आफुले यसलाई सकारात्मक रूपमा लिने बताए । उनले पक्ष वा प्रतिपक्षमा समाचार लेखेको आधारमा कुनै पनि विभेद नहुने बताए । संचारकर्मीहरूलाई लोककल्याणकारी विज्ञापन, फेलोसिप, अध्ययन भ्रमण लगायतका क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता समेत रहेको उनको भनाइ छ । उनले संचारमाध्यमलाई उद्योगको मान्यता दिई अन्य उद्योगले पाउने सुविधा उपभोग गर्ने व्यवस्था मिलाउने बताए ।

मन्त्री पाण्डेले एक सय वाटका रेडियोलाई पनि प्रदेशमै समेट्ने र सुविधा उपलब्ध गराउन दायरा फराकिलो बनाउन चाहेको बताए । उनले सबै खाले संचारमाध्यमलाई समेट्ने बताउँदै अनलाइन पत्रकारितालाई सहयोग गर्ने कामलाई अघि बढाउने प्रतिबद्धता जनाए । प्रदेश सरकारले संचारग्रामको अवधारणालाई अघि बढाउने र संचारसंग सम्बन्धित सबै निकाय एकै स्थानमा रहने व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सरकारले ल्याएको प्रेसमा बाह्य काम नगर्ने गरि काम गर्ने बताउँदै उनले यसले सरकारी कागजातको गोपनीयता कायम हुने बताए । प्रदेश सरकारले मिडिया सेन्टर संचालन गर्दा रेडियो नेपाल र गोरखापत्र भन्दा फरक ढंगले संचालन गर्ने बताए ।

महासंघ प्रदेश अध्यक्ष शिव देवकोटाले प्रदेश सरकारसंग सहकार्य गर्न तयार गरेको भन्दै लोककल्याणकारी बिज्ञापन, संचारग्राम स्थापना, संचारमाध्यमको प्रवर्द्धन जस्ता काम प्रदेश सरकारबाट हुनुपर्ने बताएका थिए ।

कार्यक्रममा प्रदेश महासंघका संस्थापक अध्यक्ष प्रताप विष्टले प्रदेश सरकारले महासंघलाई कार्यालय संचालनका लागि भवन उपलब्ध गराएकोमा आभार व्यक्त गर्दै निरन्तर सहकार्यका लागि आग्रह गरेका थिए ।

प्रकाशित: असार १ २०७८ १५:०१

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
Radio Langtang
Radio Sanjiwani



Top