२०७८, ९ आश्विन शनिबार

किसानलाई अनुदानमा कृषि औजार वितरण

डबली खबर     जेष्ठ २१ २०७८ १६:४६

bidur municipality distribute tacker to farmer in nuwakot
tribhuwan trishuli secondary school admission open
bidur tax

नुवाकोट – कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले विदुर नगरपालिकाले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । कृषकलाई परम्परागतखेती प्रणालीको विकल्पमा यान्त्रिकीकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको हो ।

शुक्रबार विदुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर ७८ थान, पावर पिलर २ थान, विद्युतीय पम्प १०० थान र बीउ भण्डारणको लागि आवश्यक भण्डारण उपलव्ध गराइएको हो ।

कार्यक्रममा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले नगरको कृषि क्षेत्रको उत्पादकत्व बढाउन र कृषि उब्जनीमा लागत श्रम घटाउनको लागि कृषकहरुलाई सहुलियत अनुदानमा कृषि औजार वितरण गरेको बताए ।

किसानलाई कृषि कार्यमा उत्साह र उत्प्रेरणा प्रदान गर्न कृषि वस्तु उत्पादन र खेती प्रणालीमा सहजता प्रदान गर्न अनुदान कार्यक्रम मार्फत सहयोग गर्दै आई रहेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित: जेष्ठ २१ २०७८ १६:४६

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
Radio Langtang
Radio Sanjiwani



Top