२०८१, १४ बैशाख शुक्रबार

त्रिशुली अस्पताललाई थप आइसीयू बेड र मनिटर

डबली खबर     जेष्ठ १८ २०७८ १५:४१

district cooperative union icu bed handover to trishuli hospital
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – कोभिड-१९ उपचारमा सहयोग त्रिशुली अस्पताललाई थप चार सेट आइसीयू बेड र मनिटर सहयोग प्राप्त भएको छ ।

मंगलबार सहकारी संघका अध्यक्ष गोकर्णनाथ न्यौपानेले अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपाने र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट दिपेन्द्र पाण्डेलाई इलेक्ट्रिक सिस्टमको आईसीयु बेड र प्यासेन्ट मनिटर हस्तान्तरण गरेका हुन् ।

सहकारी संघको नेतृवमा स्थापना भएको राहत कोषमा प्रारम्भिक संस्थाहरुबाट प्राप्त आर्थिक सहयोगमा कोभिड-१९ महामारी संक्रमणको दोस्रो लहरले पारेको विकराल विषम परिस्तिथिमा महामारी नियन्त्रण, रोकथाम र उपचारमा सहयोग पुर्याउनु संघमा आबद्ध संघ संस्थाको जिम्मेवारी महसुस गर्दै जिल्ला सहकारी संघको तर्फबाट उक्त सामाग्री त्रिशुली अस्पतालको नियन्त्रणमा रही संचालनमा आउने गरि हस्तान्तरण गरिएको संघका अध्यक्ष न्यौपानेले बताए ।

संघको आव्हानमा नुवाकोट बचत तथा ऋण सहकारी संघ लि. र त्रिशुली बचत तथा ऋण सहकारीमार्फत प्राप्त १/१ सेट आइसीयु बेड र प्यासेन्ट मनिटर आज अस्पताललाई हस्तान्तरण गरिएको छ । यसअघि संगम बचत तथा ऋण सहकारी र संगम सहकारीको थप आर्थिक सहयोगमा नेपाली इन ओकायामा जापानले १/१ सेट आइसीयु बेड र प्यासेन्ट मनिटर सहयोग गरेको थियो ।

नुवाकोट बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष रमेश श्रेष्ठले सामाजिक उत्तरदायित्व अन्तर्गत त्रिशुली अस्पताललाई उक्त स्वास्थ्य सामाग्री सहयोग गरिएको बताए । संघमा आबद्ध १६ वटा साकोसहरु पन्चकन्या, त्रिशुली, संगम, दक्षिणकाली, दर्पण, नुवाकोट शैक्षिक, सारथी, माता मनकामना, शुभप्रभात, श्रीसम्पन्न, काफलगेडी, पिपलटार, श्रीकृष्ण, छहारी, उपकार र लायन सहकारीहरुको आर्थिक सहयोग उक्त सामाग्री हस्तान्तरण गरिएको उनले बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top